नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीलाई अभिमुखीकरण तालिम « Khabarhub

नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीलाई अभिमुखीकरण तालिम


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँगुनारायण भक्तपुरमा स्नातक तहको इन्जिनियरिङमा भर्ना हुन आएका विद्यार्थीको लागि सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

कलेजमा इन्जिनियरिङका विभिन्न विधामा पहिलो सेमेष्टरमा भर्ना हुन आएका विद्यार्थीलाई कलेजका प्रिन्सिपल प्रा.डा.हरिकृष्ण श्रेष्ठलगायतले अभिमुखीकरण गरेका हुन् ।

भर्ना हुन आएका विद्यार्थीलाई कलेजका प्रिन्सिपल श्रेष्ठ, भाइस प्रिन्सिपल एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी, एकेडेमिक कोअर्डिनेटर एसोसिएट प्रोफेसर बाबुराम भट्टराईलगायतले अभिमुखीकरण दिएका थिए । त्यसक्रममा परिचयात्मकका साथै कलेजबारे, विद्यार्थीहरूले पढ्नुपर्ने कोर्स बारे जानकारी गराइएको थियो ।

चार वर्षको बीचमा ध्यान दिनुपर्ने विषय, इन्जिनियरिङका भविष्य तथा उपयोगिता लगायतका विषयमा पनि विद्यार्थीलाई जानकारी गराइएको थियो । विषय शिक्षकहरूले पनि आ–आफ्ना विद्यार्थीलाई कोर्सका साथै अन्य विविध विषयमा जानकारी दिएका थिए ।

अत्यधिक विद्यार्थी भएका कारण एउटै हलमा कार्यक्रम नगरी फरकफरक विधाका विद्यार्थीलाई फरक फरक ठाउँंमा राखेर कार्यक्रम गरिएको थियो । त्यसअनुसार नौवटा कक्षाकोठामा कार्यक्रम भएको थियो । यसमध्ये सिभिलको तीन समूहमा र कम्प्युटरका दुईवटा समूहमा कार्यक्रम भएको थियो । इन्जिनियरिङमा आर्किटेक्चर पाँंच वर्षे हुन्छ भने बाँंकी सबै चार वर्षे हुन्छ ।

कलेजमा सिभिल, आर्किटेक्चर, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन विधामा पढाइ हुने गर्छ ।

 

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : १४ बजे

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

भद्रपुर– यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन

दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष

आजको कार्टुन : प्रधानमन्त्रीको मुड !

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह जनताबाट टाढै रहन रुचाउँछन् । देशमा

जय श्रीराम र हरहर महादेव भन्दै सदनमा भाषण गरेका रहबर अन्सारीको आग्रह- धार्मिक द्वेष नफैलाऔँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विभिन्न