नवाज शरिफ इदपछि पाकिस्तान फर्किने « Khabarhub

नवाज शरिफ इदपछि पाकिस्तान फर्किने


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लण्डनमा निर्वासित जीवन बिताइरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ पाकिस्तान फर्किने भएका छन् । पाकिस्तान मुस्लिम लिग नवाज पीएलएम–एन पार्टीका एकजना वरिष्ठ नेतालाई उद्धृत गर्दै पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार नवाज आगामी महिना इदपछि पाकिस्तान फर्किने छन् ।

यस वर्ष आगामी मे महिनाको पहिलो साता इद परेको जनाइएको छ । पीएलएम–एनका सांसद मियाँ जावेद लतिफका अनुसार तीनपटक पाकिस्तानको प्रधानमन्त्री रहिसकेका नवाजको पाकिस्तान फिर्तीबारे गठबन्धनसँग छलफल गरिनेछ ।

कान्छा भाइ शहबाज शरिफ नयाँ प्रधानमन्त्री बन्न लागेसँगै नवाजको पाकिस्तान फिर्तीबारे पीएलएम- एनका कार्यकर्ता र आम सर्वसाधारणमा ठूलो चासो रहेको बताइन्छ ।

उनीमाथि पाकिस्तानमा विभिन्न भ्रष्टाचार र आर्थिक हिनामिनाका विषयमा अनुसन्धान भइरहेको छ भने उनीविरुद्धका धेरै मुद्दाहरू अदालतमा विचाराधीन रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१९ मा सर्वोच्च अदालतले पानामा पेपर्स काण्डमा नवाजलाई दोषी ठहर गरेपछि ७२ वर्षे उनको राजनीतिक भविष्य सकिएको आँकलन गरिएको थियो ।

लाहोर उच्च अदालतको अनुमतिमा विदेशमा उपचार गराउन भन्दै उनी सन् २०१९ नोभेम्बर महिनामा लण्डन गएका थिए । त्यसयता उनी पाकिस्तान फर्केका छैनन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : १३ बजे

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही