मन्त्रालयमा डाक्टरको धर्नामा प्रहरी हस्तक्षेप, ३ चिकित्सक घाइते, २५ पक्राउ « Khabarhub

मन्त्रालयमा डाक्टरको धर्नामा प्रहरी हस्तक्षेप, ३ चिकित्सक घाइते, २५ पक्राउ


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै स्वास्थ्य मन्त्रालयमा धर्ना दिने २५ जना चिकित्सक पक्राउ परेका छन् ।

कर्मचारी समयोजनमा चिकित्सकको दरबन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै स्वास्थ्यमन्त्रालय भित्र धर्नामा रहेका सरकारी चिकत्सक संघ (गोदान) का अध्यक्ष दिपेन्द्र पाण्डेसहित २५ जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आफ्नो माग सम्बोधन गर्न सरकारलाई दबाव दिँदै उनीहरु बिहान १० बजेदेखि नै स्वास्थ्यमन्त्रालयमा धर्ना दिन बसेका थिए । आफूहरुको शान्तीपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरी लाठीचार्जसमेत गरेको गोदानका अध्यक्ष दिपेन्द्र पाण्डेले खबरहबलाई बताए ।

‘सरकारले हामीसँग गरेको सहमति कार्यन्वय गर्न माग गर्दै हामीले स्वास्थ्य मन्त्रालयमा शान्तिपूर्ण धर्ना दिएका थियौं, प्रहरीले साढे १ बजे हाम्रो शान्तिपूर्ण धर्नामा दमन गर्यो‍’ गोदानका अध्यक्ष पाण्डेले भने, ‘हाम्रा ३ जना चिकित्सक साथीहरु घाइते हुनुभएको छ । २५ जनालाई प्रहरीले गिरपर्तार गरेको छ ।’

प्रहरीको लाठीचार्जमा डाक्टर सुबोध ज्ञावली, डा. कपिल गौतम र डा. राकेश यादव घाइते भएको उनले बताए ।
स्वास्थ्य मन्त्रालयमा धर्ना दिने चिकित्सकलाई पक्राउ गरी नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  २ : २३ बजे

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह