कतारमा अवैधानिक रूपमा बसेकालाई स्वदेश फर्कने समय थपियो  « Khabarhub

कतारमा अवैधानिक रूपमा बसेकालाई स्वदेश फर्कने समय थपियो 


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारले आममाफीको समयावधि अप्रिल अन्तिमसम्म थपेको छ । कतारको आन्तरिक मन्त्रालयले कानुन उल्लङ्घन गरी बसेका आप्रवासीहरूको अवस्थालाई वैधानिक भएर बस्न वा बिना जरिवाना मुलुक छोड्न दिएको समय अवधि ३० अप्रिलसम्म थपिदिएको हो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कानुन उल्लङ्घन गर्ने सबै प्रवासीहरूले खोज तथा अनुगमन विभागमा सेटलमेन्ट आवेदन बुझाउनुपर्ने र एक रोजगारदाताबाट अर्को रोजगारदातामा सरुवा गर्न इच्छुक व्यक्तिले विभागमा आफ्नो निवेदन पेस गर्नुपर्ने जनाएको छ।

मन्त्रालयले अप्रिल ३० तारिखसम्म कानुन उल्लङ्घन गर्ने जोकोहीलाई दिउँसो १ बजेदेखि बेलुकी ५ बजेसम्म तोकिएको केन्द्रमा जान सुझाव दिएको छ । पछिल्लो सार्वजनिक तथ्याङ्क अनुसार अवैध श्रमिकबाट २८ हजारभन्दा बढीले निवेदन दिएका छन् भने ८ हजार २ सय २७ जना स्वदेश फर्किएका छन् । ६ हजारले वैधानिकता पाएका छन्।

यसअघि मन्त्रालयले आममाफीको समय दुई पटक थप गरिसकेको थियो । मन्त्रालयले थपिएको समयलाई सदुपयोग गर्दै फाइदा लिन आग्रह गरेको छ। कतार सरकारको यो निर्देशन २०१५ को कानुन नं ​​२१ को प्रावधान अन्तर्गत आप्रवासीहरूको बसाई तथा बाहिरिने नियम अन्तर्गत जारी गरिएको हो ।

कतार सरकारले आममाफीको समय अवधि थप गरेसँगै अवैधानिक रूपमा बसेका थुप्रै नेपाली कामदार पनि लाभान्वित हुने अपेक्षा गरिएको छ। कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कानुनी रूपमा कार्यरत छन्। तीमध्य ११ हजार ९० जना महिला हुन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ६ : ३८ बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने