सुर्खेत बाङ्गेसिमलबाट सालको काठसहित चार पक्राउ « Khabarhub

सुर्खेत बाङ्गेसिमलबाट सालको काठसहित चार पक्राउ


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट प्रहरी टोलीले सो काठ बरामद गरेको हो ।

काठ बरामद गर्नुका साथै चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । उनले पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी २० वर्षीय चालक तोरण विक, २१ वर्षीय प्रेम विक, भेरीगङ्गा नगरपालिका–९ सुर्खेत निवासी ३९ वर्षीय रामजी गुप्ता र सोही नगरपालिाका–६ निवासी ३५ वर्षीय कुलवीर विक रहेको बताए । उनका अनुसार गुप्ताले व्यक्तिगत प्रयोजनका लागि भे१ख १२४२ नंको मिनीट्रकमा सालकोटबाट सल्यानको सल्लीबजारतर्फ अवैधरूपमा काठ लैजाँदै थिए ।

बरामद भएको काठमा एक ढोका, पाँच साना, १५ ठूला झ्याल, अन्य फुटकर ४० पिस काठको टुक्रा रहेको जनाइएको छ । प्रहरीका अनुसार आइतबार जिल्ला अदालत सुर्खेतबाट छ महिना कैद सजाय तोकिएका वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका फरार १६ वर्षीय कल्पना सोनीलाई सोही पालिकाको बसपार्कबाट पक्राउ गरिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ६ : ५९ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक