मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारले यसरी बनाए मानव साङ्लो (फोटो फिचर) « Khabarhub

मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारले यसरी बनाए मानव साङ्लो (फोटो फिचर)


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुले मानव साङ्लो बनाउदै प्रर्दशन गरेका छन् । नेपाल पत्रकार महासंघको आयोजनामा शनिबार दिउँसो ३ बजेदेखि ४ घण्टासम्म राजधानी काठमाडौंको बबरमहलमा पत्रकारहरु भेला भएर एकअर्काको हात समाएर मानव साङ्लोसहितको प्रर्दशन गरि मिडिया काउन्सिल विधेयकको विरोध गरेका हुन् ।

प्रदर्शनमा विभिन्न सञ्चारमाध्यमका पत्रकार सहभागिता रहेको थियो ।आँखामा कालो पट्टी बाँधेका पत्रकारहरुले स्वतन्त्र प्रेसको पक्षमा नाराबाजी गरेका थिए । पत्रकारहरुको मानव साङलो बबरमहलदेखि नयाँ बानेश्वरसम्म पुगेको थियो । मानव साङ्लो कार्यक्रममा पत्रकार महासंघका पूर्व पदाधिकारी, विभिन्न सञ्चार गृहका सम्पादक, पत्रकारहरुको उल्लेख्य सहभागिता थियो ।

पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले पत्रकार महासंघ वार्ताका लागि तयार रहँदा पनि सरकारले वेवास्ता गरेकाले आफुहरु स्वतन्त्र प्रेसका लागि सडक संघर्षमा उत्रनु परेको बताए । स्वतन्त्र प्रेसका लागि विगतमा पनि अन्तर्राष्ट्रिय मिडिया मिसन नेपाल आएको सन्र्दभ उल्लेख गर्दै उनले आवश्यक परे अहिले पनि बोलाईने चेतावनी दिए ।

प्रेसलाई अंकुश लगाउने गरी सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै संचारकर्मी, मानवअधिकारकर्मीलगायतले विरोध गर्दे आएका छन् । पत्रकार महासंघले विधेयकको विरोधमा चरणबद्ध रुपमा विरोध कार्यक्रम गर्दै आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मिडिया काउन्सिल विधेयकको विरोध गरेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ६ : २२ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा