इजरायलबाट पनि विद्युतीय राहदानीको सेवा सुरु « Khabarhub

इजरायलबाट पनि विद्युतीय राहदानीको सेवा सुरु


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – इजरायलबाट विद्युतीय राहदानीको सेवा सुरु गरिएको छ । इजरायलस्थित नेपाली दूतावासले पनि विद्युतीय राहदानी जारी गर्ने कार्य सफलतापूर्वक परीक्षण गरिएको जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै विद्युतीय राहदानीको लाइभ इनोल्मेन्ट सुरु गरिएको जनाएको छ । यन्त्रवाचक राहदानीको अवधि सकिएर नवीकरणका लागि पुगेका २ जना सेवाग्राहीले नवीकरणका लागि दिएको आवेदन पहिलो दिन सफलतापूर्वक इनोल्मेन्ट गरिएको छ।

पुरानो यन्त्रवाचक राहदानीको म्याद बाँकी रहेकाहरुले (सामान्यतया ६ महिना) म्याद रहेसम्म (विद्युतीय राहदानी लिन जरुरी हुँदैन/मिल्दैन) पुरानोले नै काम गर्ने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार राजश्वमा कुनै फेरबदल भएको छैन। तर, थप पाना (६६ पाना) भएको राहदानी लिन चाहेमा दोब्बर शुल्क तिरेर लिन सकिनेछ । फोटो दूतावासमै खिचिने भएकाले छुट्टै फोटो जरुरी छैन। ५ वर्षभन्दा मुनिका बालबालिकाको हकमा २ प्रति पासपोर्ट साइजको फोटो पेस गर्नुपर्नेछ।

राहदानी बनाउनका लागि आवश्यक कागजातहरूमा कुनै फेरबदल गरिएको छैन। दूतावासले उपलब्ध गराएको लिङ्कमा क्लिक गरी अनलाइन फाराम भरेर जानु पर्नेछ । कार्यालय हरेक दिनमा नेपाली समय ४:३० पछाडि फाराम भर्न सकिने र फाराम भर्दा केही समस्या परेमा दूतावासमा सम्पर्क गर्न सकिनेछ ।

हाललाई साईप्रसबाट यसअघि झै यन्त्रवाचक राहदानीको आवेदन फाराम भर्न सकिनेछ। केही महिनापश्चात् त्यहाँबाट पनि विद्युतीय राहदानीको सेवा सुरुवात गरिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ८ : ३२ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका