अब भाषण र कुरा होइन, कामको आवश्यकता छ– पूर्वप्रधानमन्त्री नेपाल | Khabarhub Khabarhub

अब भाषण र कुरा होइन, कामको आवश्यकता छ– पूर्वप्रधानमन्त्री नेपाल


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जापानले जस्तै हामीले पनि प्रकृति र इतिहासप्रति गौरव गर्दै संरक्षण र सम्मान गर्ने संस्कार विकास गर्न आवश्यक रहेको बताएका छन् ।

डा रामप्रसाद दाहालको कृति ‘आँखामा जापान’ नियात्राको शनिवार आयोजित कार्यक्रममा लोकार्पण गर्दै उनले भने “मन्दिर होस् वा दरबार ऐतिहासिक प्रत्येक चिजलाई उनीहरुले सम्मान र संरक्षण गरेकै कारण ती क्षेत्र पर्यटकको केन्द्र बन्न सफल भएका हुन् ।”

जापानी जनताको अत्यन्तै मेहनत, विनम्र र मिलनसार संस्कार हामीले सिक्नैपर्नेमा जोड दिँदै वरिष्ठ नेता नेपालले भने“त्यहाँका जनताको मेहनत, उद्यमशीलता, लगनशीलता, अनुशासन र राष्ट्रप्रेमको भावनाले जापानलाई छोटो समयमै चमत्कारीरुपमा विकासको शिखरमा पु¥याएको छ, उनीहरु जे चिताउँछन्, त्यो तत्कालै पूरा गरेरै देखाउँछन् ।”

मुलुकमा अहिले धेरै ठूलो परिवर्तनको खाँचो रहेको बताउँदै उनले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि अब ढिलाइ गर्न नहुने बताए ।

पूर्वप्रधानमन्त्री नेपालले भने, “अब भाषण र कुरा होइन, कामको आवश्यकता छ, मुलुकमा विकास निर्माणको काम छिटो हुने परिस्थिति निर्माण गर्नुपर्छ, काममा सङ्गति मिलाउनुपर्छ, अनुगमन प्रभावकारी तुल्याउनुपर्छ ।”

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  १० : ०९ बजे

रंगेली नगरपालिकाको बजेट ७२ करोड

मोरङ– मोरङको रंगेली नगरपालिकाले आफ्नो दशौँ नगरसभा सोमबार सम्पन्न गरेको

क्रिमियामा अमेरिका संलग्न मिसाइल आक्रमणको बदला लिने रुसको चेतावनी

एजेन्सी– रुसले बढ्दो तनावका बीच संयुक्त राज्य अमेरिकालाई क्रिमियामा असभ्य

तीन दिनको बीचमा अस्ट्रेलियालाई तीन ठूला झट्का

एजेन्सी- पछिल्ला तीन दिनभित्र अस्ट्रेलियनले क्रिकेट टोलीले तीन ठूला झट्का

किन आएन नेपालको जलविद्युतमा भारतीय निजी लगानी ?

– भारतीय सरकारी स्वामित्वको सतलज जलविद्युत निगम (एसजेभीएन) ले विकास

बजुरामा नुन अभाव छैन : साल्ट ट्रेडिङ

बाजुरा– साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त