युक्रेनमा सबै लक्ष्य पूरा गरिछाड्ने पुटिनको अडान « Khabarhub

युक्रेनमा सबै लक्ष्य पूरा गरिछाड्ने पुटिनको अडान


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा आफ्ना सबै लक्ष्य पूरा गरिछाड्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जनाएका छन् ।

राजधानी मस्कोबाट ५ हजार ५ सय किलोमिटर पूर्वमा रहेको भोस्तोच्नी कोस्मोड्रोम नामक अन्तरिक्ष केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुटिनले युक्रेनमा रुसले सबै उद्देश्य पूरा गरिछाड्ने अडान व्यक्त गरेका हुन् ।

कोस्मोड्रोमका कामदारले युक्रेनमा जारी ‘सैनिक कारवाही’ बाट लक्ष्य पूरा हुन्छ वा हुँदैन भनी सोधेको प्रश्नको जवाफ दिँदै पुटिनले भने, ‘अवश्य पनि, यसमा मलाई कुनै शंकै छैन ।’

आफ्ना सैनिक युक्रेनी राजधानी किभ आसपासका क्षेत्रबाट पछि हटेयता पहिलो पटक युद्धबारे पुटिनको यस्तो टिप्पणी आएको हो । त्यस्तै, उनले युक्रेनसँगको शान्ति वार्ताको बाटो बन्द भएको टिप्पणी गरेका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार रुसी युद्ध अपराधको ‘झूटो दाबी गरेर’ र पूरै युक्रेनमा लागू हुने गरी सुरक्षा प्रत्याभूति खोजेर युक्रेन आफैँले शान्ति वार्तामा गतिरोध उत्पन्न गराएको समेत आरोप लगाए ।

‘हामी फेरि हाम्रा लागि बाटो बन्द भएको अवस्थामा फर्केका छौँ ।’ पुटिनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  २ : २७ बजे

बालेनको ककपिटमा नअटाएका रवि !

दुई दाजुभाइ नदी किनारमा घुम्न गएछन् । घुम्दै जाँदा झुक्किएर

हेटौँडा कपडा उद्योग चलाउनु राजनीतिक नाटक मात्रै हो : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ठोस र

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु