युक्रेनमा सबै लक्ष्य पूरा गरिछाड्ने पुटिनको अडान | Khabarhub Khabarhub

युक्रेनमा सबै लक्ष्य पूरा गरिछाड्ने पुटिनको अडान


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा आफ्ना सबै लक्ष्य पूरा गरिछाड्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जनाएका छन् ।

राजधानी मस्कोबाट ५ हजार ५ सय किलोमिटर पूर्वमा रहेको भोस्तोच्नी कोस्मोड्रोम नामक अन्तरिक्ष केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुटिनले युक्रेनमा रुसले सबै उद्देश्य पूरा गरिछाड्ने अडान व्यक्त गरेका हुन् ।

कोस्मोड्रोमका कामदारले युक्रेनमा जारी ‘सैनिक कारवाही’ बाट लक्ष्य पूरा हुन्छ वा हुँदैन भनी सोधेको प्रश्नको जवाफ दिँदै पुटिनले भने, ‘अवश्य पनि, यसमा मलाई कुनै शंकै छैन ।’

आफ्ना सैनिक युक्रेनी राजधानी किभ आसपासका क्षेत्रबाट पछि हटेयता पहिलो पटक युद्धबारे पुटिनको यस्तो टिप्पणी आएको हो । त्यस्तै, उनले युक्रेनसँगको शान्ति वार्ताको बाटो बन्द भएको टिप्पणी गरेका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार रुसी युद्ध अपराधको ‘झूटो दाबी गरेर’ र पूरै युक्रेनमा लागू हुने गरी सुरक्षा प्रत्याभूति खोजेर युक्रेन आफैँले शान्ति वार्तामा गतिरोध उत्पन्न गराएको समेत आरोप लगाए ।

‘हामी फेरि हाम्रा लागि बाटो बन्द भएको अवस्थामा फर्केका छौँ ।’ पुटिनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  २ : २७ बजे

रवि लामिछानेसँग आयोगले लियो ६ घण्टा बढी बयान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जाँचबुझ आयोगले

ढाकामा हुने एसियन आर्चरी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार

झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत

झापा – शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप

विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता

झापा – यहाँको विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज

१०औं राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

काठमाडौं – १०औं राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने