दीपेन्द्रसिंह ऐरी आईसीसी वरीयताको १० औँ स्थानमा « Khabarhub

दीपेन्द्रसिंह ऐरी आईसीसी वरीयताको १० औँ स्थानमा


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा परेका छन् ।

आईसीसीले बुधबार जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र अलराउन्डर वरीयताको १० औँ स्थानमा छन् ।

दीपेन्द्रको यो वरीयता नेपाली क्रिकेटरले आईसीसीको वरीयतामा हासिल गरेको सबैभन्दा उच्च स्थान हो ।

यसअघि यो उपलब्धि नेपाली टोलीका पूर्वकप्तान पारस खड्काको नाममा थियो । पारसले ट्वान्टी–२० अलराउन्डर वरीयताको २५ औँ स्थान हासिल गरेका थिए ।

घरेलु मैदानमा सम्पन्न त्रिदेशीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र सोही आधारमा वरीयताको शीर्ष १० भित्र अटाएका हुन् ।

यस्तै, ट्वान्टी २० बलिङ वरीयतामा नेपाली टोलीका कप्तान सन्दीप लामिछाने एक स्थान खस्किएका छन् । पछिल्लो हप्ता वरीयताको ३७ औँ स्थानमा रहेका सन्दीप नयाँ वरीयताको ३८ औँ स्थानमा छन् ।

यस्तै, ट्वान्टी २० बलिङ वरीयताको शीर्ष सयभित्र अटाएका नेपाली टोलीका अर्का बलर अविनास बोहरा वरीयताको ८६ औँ स्थानमा छन् ।

ट्वान्टी–२० ब्याटिङ वरीयतामा कुशल भुर्तेल ३६ औँ र दीपेन्द्र ३८औँ स्थानमा छन् । यस्तै, व्याटिङ वरीयताको शीर्ष सयभित्र अटाएका आसिफ ९९औँ स्थानमा छन् ।

यस्तै, एकदिवसीय वरीयतामा कप्तान सन्दीप लामिछाने ४८ औँ स्थानमा छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ३ : ४४ बजे

कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय

होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्रबासमा बस्न इच्छुक

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विभिन्न स्थानका अव्यवस्थित बसोबासबाट स्थानान्तरण गरी

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने

रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा यात्रुसहित फसेका

लखनउमाथि मुम्बईको रोमाञ्चक जित : २२९ रनको लक्ष्य १८.४ ओभरमै पूरा

काठमाडौँ – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७औँ