हलेसी मन्दिरबाट १० दिनमा ६ लाख ७२ हजार आम्दानी  « Khabarhub

हलेसी मन्दिरबाट १० दिनमा ६ लाख ७२ हजार आम्दानी 


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको त्रि–धार्मिक स्थल हलेसी मन्दिरबाट १० दिनमा ६ लाख ७२ हजार आम्दानी भएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित हलेसी महादेव मन्दिरबाट गत १९ चैतदेखि २८ चैतसम्ममा ६ लाख ७२ हजार २३० आम्दानी भएको हो ।

हलेसी मन्दिरको शिव पार्वती थानबाट ४ लाख ६८ हजार २०० रुपैयाँ, मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ८० हजार ९५०, बसाहा गुफामा राखिएको दानपेटीकाबाट ९३ हजार ९८०, शिवरात्री र रामनवमीको चामल बिक्रीबाट २५ हजार २०० र ढ्याके सटहीबाट ३ हजार ९०० आम्दानी भएको हो । २६ चैतमा शिवरात्री मेला परेका कारण पनि हलेसीमा १० दिनमा उल्लेख्य मात्रामा भेटी संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।

विद्युत, पानी, नौमती बाजा, रामनवमी मेलामा खटाइएका अस्थाई कर्मचारीलाई तलब भत्ता, दुध, दही, खाजा, भेटी गणना लगायतमा १ लाख ३ हजार ५३७ खर्च हुँदा बाँकी रहेको ५ लाख ६८ हजार ६९३ रुपैयाँ हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको नाममा माछापुछ«े बैंकको हलेसी शाखामा खोलिएको खातामा जम्मा गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ ।

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा आएका दर्शनार्थी तथा पर्यटकले चढाएको रकमलाई गणना गरेर आम्दानीका रुपमा बाँधेर सार्वजनिक गर्ने गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  १० : ५२ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ