सम्पन्न भयो राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८ « Khabarhub

सम्पन्न भयो राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोक संस्कृतिको जगेर्नाका साथै लोक सांगीतिक र सांस्कृतिक पहिचानमा लाग्नेहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ गत शनिबारदेखि जारी राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८ आज समापन भएको छ ।

पूर्वदेखि सुदूर पश्चिमसम्मका कला र संस्कृतिको संरक्षणका साथ आयोजना गरिएको महोत्सव बिहीबार तामझामका साथ सकिएको हो ।

खुल्ला दोहोरी मध्ये अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी राखिएको यस प्रतियोगितासहितको महोत्सव सुरु हुनु अघि शनिबारका दिन माइतीघर मण्डलादेखि विभिन्न जातजातीहरुका झाँकीसहित टुँडिखेलमा प्रवेश गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । निजी क्षेत्रका कम्पनी डिएआर मुभिज एण्ड फिल्मस् इण्डष्ट्रिजले आयोजना गरेको यस महोत्सव समापनसम्म आउँदा आउँदा ५ चलेको प्रतियोगितात्मक महोत्सवमा कुल ६८ समूहले भाग लिएका थिए ।

प्रतिस्पर्धा गर्ने क्रममा प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझले हात पार्न सफल भयो । त्यसै गरी दोश्रोमा टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझ रहयो भने सारोज सिंखडा र सिता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ तथा सुरेन्द्र फयाली मगर र संगीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझ तेश्रो स्थानमा रहे । दुई समूहको आग्रह बमोजिम सान्त्वनाको प्रतिस्पर्धा नगराई आपसी सहमतिमा दुइ समूहलाई तेश्रोमा राखिएको निर्णायक समितिका संयोजक बरिष्ठ गायक पुरुषोत्तम न्यौपानेले बताए ।

पहिलो, दोश्रो र तेश्रो हुने समूहलाई क्रमश ५ लाख, ४ लाख र ३ लाख पुरस्कार वितरण गरिएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट गायक, उत्कृष्ट गायिका तथा अनुशासित गायक र गायिकालाई समेत पुरस्कारको व्यवस्था गरिएको थियो ।

महोत्सवको समापनका दिन लोक सम्राट कुमार बस्नेत, बरिष्ठ लोक गायक बमबहादुर कार्की, बरिष्ठ लोक गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझी, बरिष्ठ गायिका बिमाकुमारी दुरा, शिला आले, बरिष्ठ गायक शिवनारायण जोशी, मच्छेश्वर सापकोटा, ऋषि अधिकारी, नबिन ढुंगेल, टंक केसी, गीतादेवी लगायत बरिष्ठ कलाकारहरुलाई सम्मानित गरिएको थियो भने गायक गायिकाहरु बद्री पंगेनी, कृष्ण रेउले, महेन्द्र तिमल्सिना, शिरिष देवकोटा, खुमन अधिकारी, अमृत खाती, सरोज लामिछाने, भिमसेन खतिवडा, रामकुमार नेपाली, प्रकाश कटुवाल, प्रतिमा अर्याल,वैकुण्ठ महत लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ५ : ४३ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६