तनहुँमा घुम्ती शौचालय सञ्चालन गरिने « Khabarhub

तनहुँमा घुम्ती शौचालय सञ्चालन गरिने


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – व्यास नगरपालिका कार्यालय तनहुँले पहिलो पटक घुम्ती शौचालय सञ्चालनमा ल्याउने भएको छ।

सदरमुकाम दमौलीको भोर्लेटार चोक क्षेत्रमा सो शौचालय राखिनेछ।

उक्त चोकबाट लमजुङ जिल्ला जाने आउने, जिल्लाको दक्षिण पूर्वी बुद्ध सिंह मार्ग हुँदै सवारी आवतजावत हुँदा मानिसको चहलपहल हुने भएकोले उक्त ठाउँमा सो शौचालय राखिने नगरपालिकाले जनाएको छ।

महिला र पुरुषले छुट्टाछुट्टै प्रयोग गर्न मिल्ने गरी दुई वटा कोठा शौचालयमा रहेका छन्।

त्यस क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले कठिनाइ भोग्नु परेकाले घुम्ती शौचालय राख्न लागिएको नगरपालिकाका वन, वातावरण तथा सरसफाइ शाखाका प्रमुख कृष्णराज घिमिरेले जानकारी दिए।

उक्त शौचालय रु चार लाख ९८ हजारको लागतमा ल्याइएको हो।

उनले भने, ‘तत्कालै स्थानीय टोल विकास संस्थासँग समन्वय गरी व्यवस्थित गर्ने योजना बनाएका छौँ।’

घुम्ती सेवा भएकाले आवश्यकता अनुरुप अन्य स्थानमा लैजान सकिने उनले बताए।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ८ : २५ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था