तनहुँमा घुम्ती शौचालय सञ्चालन गरिने | Khabarhub Khabarhub

तनहुँमा घुम्ती शौचालय सञ्चालन गरिने


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – व्यास नगरपालिका कार्यालय तनहुँले पहिलो पटक घुम्ती शौचालय सञ्चालनमा ल्याउने भएको छ।

सदरमुकाम दमौलीको भोर्लेटार चोक क्षेत्रमा सो शौचालय राखिनेछ।

उक्त चोकबाट लमजुङ जिल्ला जाने आउने, जिल्लाको दक्षिण पूर्वी बुद्ध सिंह मार्ग हुँदै सवारी आवतजावत हुँदा मानिसको चहलपहल हुने भएकोले उक्त ठाउँमा सो शौचालय राखिने नगरपालिकाले जनाएको छ।

महिला र पुरुषले छुट्टाछुट्टै प्रयोग गर्न मिल्ने गरी दुई वटा कोठा शौचालयमा रहेका छन्।

त्यस क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले कठिनाइ भोग्नु परेकाले घुम्ती शौचालय राख्न लागिएको नगरपालिकाका वन, वातावरण तथा सरसफाइ शाखाका प्रमुख कृष्णराज घिमिरेले जानकारी दिए।

उक्त शौचालय रु चार लाख ९८ हजारको लागतमा ल्याइएको हो।

उनले भने, ‘तत्कालै स्थानीय टोल विकास संस्थासँग समन्वय गरी व्यवस्थित गर्ने योजना बनाएका छौँ।’

घुम्ती सेवा भएकाले आवश्यकता अनुरुप अन्य स्थानमा लैजान सकिने उनले बताए।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ८ : २५ बजे

देशभर मनसुनी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर : बेलायती पाउण्डले १७१ नाघ्यो

काठमाडौं – आज २०८१ साल असार २२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असार २२ गते शनिबार तदनुसार

पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा

काठमाडौं – पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको

आज २०८१ साल असार २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार २२ गते शनिबार तदनुसार