सेना राखेबापत दक्षिण कोरियाले अमेरिकालाई तिर्ने रकम बढ्यो « Khabarhub

सेना राखेबापत दक्षिण कोरियाले अमेरिकालाई तिर्ने रकम बढ्यो


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आफ्नो मुलुकमा सेना राखेबापत दक्षिण कोरियाले अमेरिकालाई तिर्दै आएको रकम बढाउने भएको छ । अमेरिकाले आफ्नो मुलुकमा सेना राखेबापत यसअघि ९ खर्ब ६० अर्ब वन तिर्दै आएकोमा अब दक्षिण कोरियाले त्यसलाई बढाएर हरेक वर्ष १० खर्ब भन्दा बढी तिर्नेछ । यस विषयमा आइतबार हस्ताक्षर भएको दक्षिण कोरियाली विदेशमन्त्रालयले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका मामिलामा अमेरिकासँग निर्भर मुलुकहरुलाई आफ्नो उचित हिस्साको रकम तिर्न आग्रह गर्दै आएका थिए । त्यसैक्रममा दक्षिण कोरियासँग यस्तो सम्झौता भएको बताइएको छ । यो सम्झौता कार्यान्वयनमा आउनका लागि सुरुमा दक्षिण कोरियाको संसद्बाट पारित हुनुपर्ने प्रावधान छ ।

दक्षिण कोरियाले हरेक ५ वर्षमा नविकरण हुनेगरी अमेरिकासँग सुरक्षा सम्झौता गर्दै आएको छ । तर, पछिल्लो सम्झौताको म्याद भने केबल एक वर्ष छ । सन् १९५३ को कोरियाली युद्ध यता निरन्तर उत्तर कोरियाको सैनिक आक्रमणको भयका माझ दक्षिण कोरियामा २८ हजारभन्दा धेरै सैनिक तैनाथ छन् । अमेरिका र दक्षिण कोरियाले नियमित रुपमा संयुक्त बृहद सैन्य अभ्यास पनि गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  २ : ४८ बजे

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव