एपीएफ क्लब नेपाल प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा पाचौँ « Khabarhub

एपीएफ क्लब नेपाल प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा पाचौँ


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एपीएफ क्लब नेपाल प्रो क्लब टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा पाचौँ भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा पाचौँ स्थानका लागि शुक्रबार दिउँसो भएको खेलमा एपीएफले पुश स्पोर्ट्स क्लब दिल्लीलाई ६ विकेटले पराजित गर्दै पाचौँ स्थान पक्का गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पुश स्पोर्ट्स दिल्ली १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै केबल ६२ रनमा समेटियो ।

पुशलाई सस्तैमा समेट्न एपीएफका भुवन कार्कीले ४, विपिन खत्रीले २ तथा अमर सिंह रौतेला र नन्दन यादवले १–१ विकेट लिए ।

 ६३ रनको लक्ष्य एपीएफले १२ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । एपीएफको जितमा आयुश्मान बमले २१ रन र सन्दीप जोराले १२ रन जोडे ।

उपाधिको लागि भने शनिबार रूपन्देही र मलेसिया ११ दिउँसो २ बजे आमने सामने हुनेछन् ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : १८ बजे

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ