ह्युस्टन फिल्म फेस्टिभलमा ‘हल्कारा’ « Khabarhub

ह्युस्टन फिल्म फेस्टिभलमा ‘हल्कारा’


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘हल्कारा’ अमेरिकाको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा छनोट भएको छ ।

अप्रिल २० देखि २४ सम्म टेक्सासमा चल्ने फिल्म फेस्टिभलमा ‘हल्कारा’ को वर्ल्ड प्रिमियर हुन लागेको हो । ५ दिनसम्म चल्ने फेस्टिभलमा यो फिल्म २३ तारिखका दिन राति ९ बजे फिल्मको स्क्रिनिङ रहेको छ । वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल अमेरिकाको तेस्रो पुरानो फिल्म फेस्टिभल मानिन्छ । इन्डिपेन्डेन्ट फिल्मलाई प्लेटफर्म दिने उद्देश्यसहित सञ्चालन भइरहेको फेस्टिभलमा यो पटक विश्वका ३० फिचर फिल्म र ६० बढी लघु फिल्म प्रदर्शन हुँदै छन् ।

जीवनमा अकस्मात आइपर्ने घटनालाई मानिसले कसरी झेल्दै जान्छ र कसरी आफैँले आफैँलाई चिन्दै जान्छ भन्ने कथा प्रस्तुत गर्ने फिल्ममा महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ । फिल्ममा बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्कीलगायतको पनि अभिनय छ ।

विक्रम सापकोटाले निर्देशन गरेको फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १० : १७ बजे

पशुपतिमा महाशिवरात्रीको तयारी अन्तिम चरणमा

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

अभिनेता राजपाल यादवको बेल अर्जी स्थगित 

 काठमाडौं– बलिउड अभिनेता राजपाल यादवको कानुनी झमेलाले बिहीबार फेरि नयाँ मोड

सुडानमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु 

एजेन्सी– उत्तरी सुडानको नाइल नदीमा डुङ्गा डुब्दा कम्तिमा २१ जनाको

इटालीको विस्फोटक ब्याटिङसामु नेपालको बलिङ फितलो

काठमाडौं- इटालीको विस्फोटक ब्याटिङसामु नेपालको बलिङ फितलो देखिएको छ ।

दुर्गा प्रसाईँको दाबी : विगतमा भनेका धेरै कुरा मिले, बालेन र सोबिताबारे थप खुलासा गर्ने

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका अगुवा दुर्गा