एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा « Khabarhub

एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा जिनोआलाई २-० गोल अन्तरले हराउँदै एसी मिलान शीर्ष स्थानमा उक्लिएको हो ।

जितसँगै मिलानले ३३ खेलबाट ७१ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको भने ३२ खेलबाट ६९ अंक छ ।

मिलानको जितमा राफेल लिओ र जुनियर मेस्सीअसले एक-एक गोल गरे ।

खेलको ११ औं मिनेटमा राफेलले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ८७ औं मिनेटमा जुनियरले गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।

एसी मिलनसँग पराजित भएको जिनोआ भने ३३ खेलबाट २२ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ८ : ५१ बजे

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक