नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्छः हिन्दू अभियानी « Khabarhub

नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्छः हिन्दू अभियानी


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्दू अभियानीहरूले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका छन् ।

शनिबार सप्तरीको राजविराजमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले गरेको प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा अभियानका केन्द्रीय सदस्य तथा पूर्वअतिरिक्त महानिरीक्षक कल्याण तिम्सिनाले हिन्दू सनातन धर्म सबैभन्दा पुरानो धर्म रहेको बताए ।

उनले केही नेताहरूले विधर्मीसँग मिलेर नेपाली समाजलाई थाहासमेत नदिई देशलाई रातारात धर्मनिरपेक्ष घोषित गरेकोप्रति असन्तुष्टि जनाए ।

तिम्सिनाले आफ्नो संस्कारमाथि कुनै प्रकारको हस्तक्षेप भएमा बहिष्कार गर्नुपर्ने भन्दै सबैलाई यस अभियानमा लाग्न आह्वानसमेत गरे ।

त्यस्तै, कथावाचक कान्तिमणि त्रिपाठीले सानो सानो गैरसरकारी संस्थाहरूमार्फत् हिन्दूहरूलाई पथभ्रष्ट बनाई विश्वासघात भइरहेको भन्दै राष्ट्रलाई जागृत गराउनुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा अभियानका सप्तरी संयोजक रमाकान्त यादव, विश्व हिन्दू परिषद् सप्तरीका अध्यक्ष रामकिसुन साहलगायतले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ९ : ३१ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका