आईपीएलः बैंगलोरसँग दिल्ली १६ रनले पराजित « Khabarhub

आईपीएलः बैंगलोरसँग दिल्ली १६ रनले पराजित


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । शनिबार रातिको खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गरेको हो ।

सुरुमा ब्याटिङ गरेको बैंगलोरले दिएको १ सय ९० रनको लक्ष्य भेट्न नसक्दा दिल्ली पराजित भएको हो । दिल्लीले पुरै २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो ।

उसका लागि डेभिड वार्नर ६६, ऋषव पन्त ३४, पृथ्वी शले १६ रन बनाउँदा मिचेल मार्शले १४ रन जोडे ।

बैंगलोरका जोश हाजलउडले ३ तथा मोहमद सिराजले २ विकेट हात पारे ।

बैंगलोरका लागि दिनेश कार्तिकले ६६, ग्लेन म्याक्सवेलले ५५ रन बनाउँदा शाहबाज अहमेदले ३२ र विराट कोहलीले १२ रन बनाए ।

दिल्लीका शार्दुल ठाकुर, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले एकएक विकेट लिए ।

यो जितसँगै ६ खेलमा ८ अंक जोडेको बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा ४ अंक जोडेको दिल्ली आठौं स्थानमा छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ६ : ०९ बजे

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ