साउदीमा २ सयभन्दा बढी नेपाली उद्धारको पर्खाइमा | Khabarhub Khabarhub

साउदीमा २ सयभन्दा बढी नेपाली उद्धारको पर्खाइमा



दोहा – साउदीमा अलपत्र २ सय भन्दा बढी नेपाली उद्धारको पर्खाइमा रहेका छन् । विभिन्न समयमा साउदी अरब पुगेका पीडितहरू सम्झौता अनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन् ।

काठमाडौँको सिनामंगलस्थित ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत विगत दुई महिनाअघि गएका १ सय ३० नेपाली युवा उद्धारको पर्खाइमा रहेको र आफूसहित ५ जनालाई जेद्धामा लगेर अलपत्र पारेको शेख नुरमहमदले बताए ।

ब्लु ग्यालेक्सीका सञ्चालक हिमहरी अर्याल उनीहरूको समस्या समाधान गर्नको लागि साउदी पुगेको भए पनि अहिलेसम्म कुनै पहल नगरेको गुनासो गरे। म्यानपावरका सञ्चालकले जेद्धा आउने भनेको तर सम्पर्क गर्दा फोन नउठाउने गरेको उनले सुनाए । भोक भोकै अर्काको कोठामा शरण लिएको पनि जनाए।

काठमाडौँको चक्रपथमा रहेको नासा ह्युमन रिसोर्स प्रालि र बसुन्धरामा रहेको बिगेस फोरेग्न इम्पोईमेन्ट प्रालिमार्फत साउदीमा रहेको अल बादर इन्टरनेशनल ओपेरेशन एंड मेनटीनेन्स कम्पनीमा होटेलको काममा भनेर पठाइएका ४० भन्दा बढी नेपाली युवा पनि उद्धारको पर्खाइमा छन् ।

म्यानपावरलाई प्रति व्यक्ती १ लाख ५० हजारदेखि १ लाख ७५ हजारसम्म बुझाएर साउदी पुगेका उनीहरूलाई कम्पनीले तीन महिनादेखि काम नदिएपछि कोठामै अलपत्र परेको पीडित हिरालाल स्याङ्तानले बताए ।

काठमाडौँको गैरीधारास्थित एचआर इन्टरनेशनल इम्पोईमेन्ट सेर्विसमार्फत साउदीमा रहेको फाक्ट्री नुरह मुसफिर बिन हुसयन अल फिथ फर मेनुफाक्चरिङ्ग कम्पनी र दूध फाक्ट्री काममा भनेर पठाइएका अरू २९ जना भन्दा धेरै नेपाली युवा पनि म्यानपावर कम्पनीले भने अनुसारको काम दिलाउन नसक्दा अलपत्र परेका छन् ।

म्यानपावरले पटक-पटक काम दिलाई दिने भन्दै झुक्काउने गरेको उनीहरूको भनाइ छ । म्यानपावरका सञ्चालक नरेश गेलालले भने ठुलो सुपर मार्केटमा काम लगाउने तयारी भइरहेको र चाँडै समस्या समाधान हुने आश्वासन दिए। उनीहरूलाई काम लगाउनेबारे दूतावास र कम्पनीसँग समन्वय भइरहेको र रामदानका कारण केही ढिलाइ भएको बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ८ : ३० बजे

मोरङको सुन्दरहरैँचास्थित पञ्चायत मावि भवनको शिलान्यास

काठमाडौं– मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं– एनसेलका ग्राहकले एनसेल एपमार्फत अब प्रत्येक१०० रुपैयाँ र सो भन्दा

कैलालीमा बस र माइक्रोबस ठोक्किँदा १० जना घाइते 

धनगढी– कैलालीमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा

विराटनगर महानगरमा पनि एमाले संस्थापनलाई धक्का, ढकाल पक्षका गिरीसहित प्यानलै विजयी

विराटनगर- प्रमुख सत्तारुढ नेकपा एमाले विराटनगर महानगरपालिका कमिटीको निर्वाचनमा पनि

अमेरिकाद्वारा चिनियाँ जहाज लक्षित नयाँ बन्दरगाह शुल्कको घोषणा

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले घरेलु जहाज निर्माण उद्योगलाई बढावा दिन