सिट बाँडफाँटबारे सत्ता गठबन्धनमा जुटेन सहमति (भिडियोसहित) « Khabarhub

स्थानीय तह निर्वाचन

सिट बाँडफाँटबारे सत्ता गठबन्धनमा जुटेन सहमति (भिडियोसहित)


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनभित्र स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँटमा समस्या देखिएको छ ।

बालुवाटारमा आइतबार बसेको गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा चुनावी तालमेलका लागि सिट बाँडफाँटका विषयमा सहमति हुन नसकेको हो ।

बैठकपछि सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले सिट बाँडफाँटको छलफल लम्बिएको जानकारी दिए । यस विषयमा सोमबार पुन: छलफल हुने उनले बताए । बैठकमा कुन–कुन स्थानीय तहमा कसरी उम्मेदवार खडा गर्ने भन्ने छलफल भएको उनले जानकारी दिए ।

बालुवाटार स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीले महत्वपूर्ण स्थानमा दाबी गरेपछि समस्या उत्पन्न भएको हो । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने समझदारी गरिसकेका छन् । तर कुन तहमा कसलाई उठाउने भन्ने निष्कर्षमा पुग्न सकेका छैन ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ६ : ३६ बजे

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि