एकीकृत समाजवादीद्वारा पोखराको मेयरमा ६ जनाको नाम सिफारिस | Khabarhub Khabarhub

एकीकृत समाजवादीद्वारा पोखराको मेयरमा ६ जनाको नाम सिफारिस


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा एकीकृत समाजवादीले पोखराको मेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।

जिल्ला अध्यक्ष धनराज आचार्यसहित महानगर इन्चार्ज श्रीनाथ बराल, मदनकाजी श्रेष्ठ, विजयबाबु बनवासी, दामोदर शर्मा र प्रेमबहादुर थापाको नाम सिफारिस भएको छ ।

६ वैशाखसम्म आकांक्षीले नाम टिपाउन पाउने बताइएको छ। यसैबीच, उपमेयरमा ३ जनाको नाम प्रस्ताव गरिएको छ । होमबहादुर नेपाली, पूर्ण लामा र संगीता केसीलाई उपमेयरमा सिफारिस गरिएको अध्यक्ष धनराज आचार्यले बताए ।

उनका अनुसार जिल्लाका ७२ वटै वडामा अध्यक्षसहित चार सदस्य र पालिकाको अध्यक्ष उपाध्यक्षको नाम पनि सर्वसम्मतबाट सिफारिस गरिएको छ । अन्नपूर्णमा प्रेम पौडेल, माछापुच्छ्रेमा असिम गुरुङ, मादीमा मधुसुदन देवकोटा र कपिल पौडेल सर्वसम्मत अध्यक्षको सिफारिस भएका हुन् ।

धनराज र श्रीनाथ महानगरमा हेभिवेट नाम हुन् भने अरुले चर्चाका लागि मात्र नाम दर्ता गरेको एक नेताले बताए । ‘नाम टिप्दैमा टिकट पाइने होइन । तर मनपरी नाम आयो,’ उनले भने, ‘अब यो नाम प्रदेशमा जान्छ । त्यहाँबाट छाँटिएर केन्द्रमा पुग्ला ।’

अहिले प्रस्तावित नामबाट प्रदेश कमिटीले दुई पुरुष र एक महिलाको मात्र नाम केन्द्रमा पठाउने आचार्य बताउँछन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ८ : ५१ बजे

इरानका छ विमानस्थलमा इजरायली आक्रमण

काठमाडौं– इजरायली सेनाले इरानका छ वटा विमानस्थलमा आक्रमण गरेको दाबी

इरानका सैन्य स्थलहरूमा इजरायली आक्रमण

एजेन्सी – इजरायली सेनाले पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा सोमबार

काठमाडौंलाई प्रदेश राजधानीसँग जोड्ने कान्ति लोकपथको बेहाल (तस्बिरहरू)

काठमाडौं– देशको केन्द्रीय राजधानी काठमाडौंलाई बागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने

इरानका विदेशमन्त्री रूसमा, राष्ट्रपति पुटिनसँग भेटवार्ता हुने

एजेनसी–  इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानका प्रमुख आणविक केन्द्रहरूमा अमेरिकाले

मनाङमा रैथाने बाली उत्पादन घट्दै

मनाङ– समुद्री सतहबाट एक हजार ८८० मिटरदेखि आठ हजार १६३