युक्रेनी सैनिकले आत्मसमर्पण नगर्ने « Khabarhub

युक्रेनी सैनिकले आत्मसमर्पण नगर्ने


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले प्रस्ताव गरेपनि मारिउपोल शहरमा रहेका सैनिकले आत्मसमर्पण नगर्ने युक्रेनी पक्षले जनाएको छ । मारिउपोल शहरका मेयरका सल्लाहकार पेट्रो आन्द्रेउस्चेन्कोले सामाजिक सञ्जाल टेलिग्राममार्फत युक्रेनी सैनिकले शहरको रक्षा गर्ने कार्यलाई निरन्तरता दिने जनाएका हुन् ।

उनले रुसी फौजले आवासीय भवनहरूमा समेत गोलाबारी जारी राखेको आरोप लगाए । त्यस्तै, एकजना युक्रेनी सांसदले पनि मारिउपोल शहरमा रहेका युक्रेनी सैनिकले आत्मसमर्पण नगर्ने बताएका छन् ।

युक्रेनी संसद्मा ओदेसा क्षेत्रको प्रतिनिधित्व गर्ने सांसद ओलेक्सेई गोन्चारेन्कोले मारिउपोलमा रहेका युक्रेनी सैनिकले रुससँग आत्मसमर्पण नगर्ने बताएका हुन् ।

‘मैले उनीहरुसँग हिजोमात्र कुरा गरेको थिएँ र मलाई थाहा छ उनीहरु अन्तसम्म लडिरहन्छन् ।’ गोन्चारेन्कोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने मारिउपोलबाट युक्रेनी सैनिकको सफाया भएको खण्डमा त्यसले युद्ध अन्त्यका लागि हुने शान्ति वार्ता प्रभावित हुने चेतावनी दिएका छन् ।

यसअघि रुसले मारिउपोलमा रहेका युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न समयसीमा सहितको प्रस्ताव अघि सारेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ६ : ३७ बजे

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी – कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ

बालेनको प्रस्ताव : नेपाल, भारत र चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गरौँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न नेपाल,

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग