विकास देख्न नसक्नेहरू सरकार ढाल्न अदालत गए : ओली « Khabarhub

विकास देख्न नसक्नेहरू सरकार ढाल्न अदालत गए : ओली


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले विकास विरोधीहरूले अत्तालिएर आफ्नो नेतृत्वको सरकार ढालेको आरोप लगाएका छन् ।

आइतबार नेकपा एमाले हुम्लाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकासका काम देख्न नसक्नेहरू सरकार ढाल्न अदालत गएको आरोप लगाएका हुन् ।

जनताबाट होइन अदातलबाट सरकार ढालेको ओलीको आरोप छ । जनताले एमालेलाई माया गरेको भएपनि दुनियामा कहीँ नभएको नेपालमा भएको उनले बताए ।

आफ्नो कार्यकालमा काम भए पनि अहिले आएर काम रोकिएको ओलीको दाबी छ । कर्णाली करिडोरले तीव्रता पाउनुका साथै यसको स्तर वृद्धिमा जोड दिनुपर्ने ओलीले बताए । खरका छाना विस्थापित हुनुका साथै, जनता आवास कार्यक्रममार्फत गरिब दुखीले घर पाएको उनको दाबी छ ।

अहिलेको गठनबन्धको सरकारले काम गर्न नसकेको अध्यक्ष ओलीको आरोप छ । निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर गठबन्धन गरेपनि एमालेलाई असर नगर्ने उनको दाबी छ । नेपालमा गठनबन्ध पार्टी र एमाले पार्टीको प्रतिस्पर्धा हुने अध्यक्ष ओलीले बताए ।

अध्यक्ष ओलीले नेपाली कांग्रेस बैशाखी टेकेर हिड्ने अवस्थामा पुगेको बताए । कांग्रेसको अहिलेको अवस्था देखेर माया लागेर आएको पनि उनले बताए ।

‘२०१५ सालमा कांग्रेस दुई तिहाइमा थियो २०४८ सालमा बहुमतमा आयो, अलि पछि आएर आफैं हिँड्न मुस्किल भएर लौरो टेक्ने हातलमा पुग्यो, अहिले लौरो टेक्ने होइन् माओवादी केन्द्र र माकुने गुटको बैशाखी टेक्ने अवस्था आएको छ । कांग्रेसले भोट के मा हाल्ने, कतै, पेन्सिलमा हाल्ने, कतै अण्डा भित्रको हसियाँ हथौडामा हाल्ने, कतै  ग्लासमा भोट हाल्ने’ उनले भने ।

ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने दाबी पनि गरे । चुनावपछि एमाले विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्ने बताए ।

जनताको आर्थिक, सामाजिक तथा समग्र विकासको लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघिसारेको उनले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने उनको भनाइ थियो । स्थानीय निर्वाचनका लागि चुनावी सभामा सम्बोधन गर्न हुम्ला आइपुुगेका अध्यक्ष ओलीले सम्पूर्ण देश निर्वाचनमय भएको बताउँदै यो निर्वाचन कसैले रोक्न र छेक्न नसक्ने बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ९ : ०४ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई