इतिहास भजाएर मात्र जनताले कांग्रेसलाई विश्वास गर्दैनन् – नेता सिंह | Khabarhub Khabarhub

इतिहास भजाएर मात्र जनताले कांग्रेसलाई विश्वास गर्दैनन् – नेता सिंह


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै कांग्रेसलाई अब जनताले विश्वास नगर्ने बताएका छन् ।

कांग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म जनताको मन जित्न सम्भव नभएको उनको भनाइ थियो । “इतिहासलाई भजाएर मात्रै हुँदैन, हामी आफू पनि सच्चिन तयार हुनुपर्छ” नेता सिंहले भने ।

पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले वीरेन्द्रनगरमा आइतबार आयोजित कार्यकर्ता भेटघाटमा पार्टीभित्र सुधार गरेर विधिबमोजिम सञ्चालन गरिएमात्र कांग्रेस एक ढिक्का हुने बताए ।

कांग्रेसले नै संविधान जारी गर्दा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले त्यसको पालना र रक्षा गर्ने प्रमुख दायित्व पनि कांग्रेसकै भएको उनको भनाइ थियो । प्रदेशका मुख्यमन्त्रीले नै काम गर्ने वातावरण नभएको भनी गरेका टिप्पणीले वर्तमान सरकार संविधान कार्यान्वयनको पक्षमा नरहेको प्रष्ट भएको आरोप नेता सिंहले बताए ।

कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी केन्द्रीय सदस्य हृदयराम थानी, खड्गबहादुर बस्याल, जिल्ला सभापति कमलराज रेग्मी लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ३ : २३ बजे

नेपाल ‘एक चीन नीति’बाट कुनै अवस्थामा दायाँबायाँ हुँदैन : उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति

हत्या अभियोगमा फरार व्यक्ति वृद्धाश्रमबाट पक्राउ

पोखरा– तनहुँको देवघाटमा कुटपिट गरी हत्या गरिएको अभियोगमा फरार रहेका

प्रदेशसभा सदस्य सुनीता ‘डेफ नेसन एक्पो’मा सहभागी हुने 

पोखरा – गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य सुनीता थापा आगामी साउन

कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो

गुल्मी– शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर  निरन्तरको पहिराका कारण आज पनि

लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने

सिरहा– मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय मार्ग विस्तारको पहल लहान नगरपालिकाबाट