खाना खाएको पैसा नतिरेपछि ग्राहकलाई होटेलमा साङ्लोले बाँधेर राखियो « Khabarhub

खाना खाएको पैसा नतिरेपछि ग्राहकलाई होटेलमा साङ्लोले बाँधेर राखियो


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिमा– कुनै व्यावसायका ग्राहकले पैसा तिर्न लगाउन के सम्म गरिन्छ ? ल्याटिन अमेरिकी मुलुक पेरुमा भने पैसा तिराउने घटनाले हदै पार गरेको छ ।

पेरुमा खाएको पैसा तिर्नका लागि एकजना ग्रहकलाई रेष्टुरेन्टमा साङ्लोले बाँधेर राखिएको घटना सार्वजनिक भएको छ । भेनेजुएलामा आर्थिक तथा राजनीतिक संकटबाट भागेर पेरु पुगेका एक जनालाई रेष्टुरेन्टमा साङ्लोले बाँधेर राखिएको घटना सार्वजनिक भएको हो ।

ला पटिला अखबारका पत्रकार लुइस मार्टिनेजले साङ्लोले बाँधेर राखेको राखेको घटना सार्वजनिक गरेका हुन् । समाचारसँगै सार्वजनिक गरिएका तस्बीरमा ती ग्राहकलाई कुर्सीमा साङ्लोले बाँधेर राखिएको छ ।

ती तस्बीरहरु साङ्लोमा बाँधिने ग्राहक आफैँले खिचेको बताइएको छ । भेनेजुएलाबाट आएका आप्रवासीका साथमा पैसा नहुने र उनीहरुले खाएको पैसा नतिर्ने भएकाले ती अप्रवासीलाई साङ्लोले बाँधिएको जनाइएको छ ।

ला पटिला अखबारले भने ‘विदेशीलाई घृणा गर्ने भावना’ का कारण यस्तो घटना घटेको आरोप लगाएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ३ : २७ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको