ठूला पार्टी भन्नेहरु जनताबाटै धेरै टाढा भइसके : लिङ्देन « Khabarhub

ठूला पार्टी भन्नेहरु जनताबाटै धेरै टाढा भइसके : लिङ्देन


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरु जनताबाटै धेरै टाढा भइसकेको बताएका छन्। 

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरुबाट देशको सुधार र विकास सम्भव नभएको समेत बताए। उनले ठूला दलहरु असफल भइसकेको अवस्थामा देशको नयाँ विकल्प राप्रपा भएको दाबी गरे। पछिल्लो समय आम जनतामा राप्रपा प्रति नयाँ आशा र विश्वास बढ्दै गएको उनको भनाइ छ । उनले राप्रपाप्रति राखेको भरोसा टुट्न नदिने प्रतिवद्धता जनाए। 

पार्टी प्रवेशको सार्वजनिक आह्वान गरेको राप्रपाले सोमबार विभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराएको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ५ : ४९ बजे

रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी

टोकियो– रुसले जापानलाई गुप्तचर गतिविधि सञ्चालन तथा युक्रेन युद्धसँग सम्बन्धित

सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह

भुजेल संस्कृति संरक्षण गरिँदै

दमौली– भुजेल समुदायको मौलिक सांस्कृतिक सम्पदा मानिने चुड्का नाच पछिल्ला

दोवा-सोवाङ-चिमखोला पदमार्ग पहिचान

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिका-१ दोवाबाट सोवाङधुरी हुँदै रघुगङ्गा गाउँपालिका-७ चिमखोला

सिंहदरबारभित्रै गाडी पार्किङ ‘आतंक’को षड्यन्त्र बुनिएको आशंका !

काठमाडौं– सोमबार केही सञ्चारमाध्यमको प्रवेशद्वार, कतिपय सार्वजनिक स्थान र नेपाली