ब्राजिलमा कोरोना भाइरससँग सम्बन्धित प्रतिबन्ध हटे « Khabarhub

ब्राजिलमा कोरोना भाइरससँग सम्बन्धित प्रतिबन्ध हटे


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्राजिलमा कोरोनाभाइरस सम्बन्धी प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको छ । सरकारले यसअघि लागू गर्दै आएको सार्वजनिक स्वास्थ्य सङ्कटकाल हटाउने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

स्वास्थ्य मन्त्री मार्सेलो क्युरोगाले दुई वर्ष अगाडिदेखि लागू भइरहेको स्वास्थ्य सङ्कटकाल हटाइएको स्पष्ट पारे । उनले भने, ‘हामीले इतिहासमै सबैभन्दा ठूलो खोप अभियान चलायौँ, धेरै मानिसले पूर्ण खोप लगाइसकेका छन्, त्यसैले हामीले प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएका हौँ ।’

महामारीको असर अहिले कम हुँदै गएकाले पनि अव प्रतिबन्धात्मक व्यवस्थाको आवश्यकता र औचित्य नभएको उनको भनाइ छ ।  

तर दैनिक नयाँ सङ्क्रमित र कोरोनाका कारण मृत्यु हुने क्रम भने नरोकिएको पनि उनले जानकारी दिए । 

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कुल मृतकको सङ्ख्या छ लाख ६२ हजार ११ पुगेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : ४० बजे

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको