कलंकी–महाराजगञ्जका सडक मिच्नेलाई १५ दिने अल्टिमेटम | Khabarhub Khabarhub

कलंकी–महाराजगञ्जका सडक मिच्नेलाई १५ दिने अल्टिमेटम


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं: कलंकी–महाराजगंज सडक सीमामा रहेका अस्थायी तथा स्थायी संरचना १५ दिनभित्र हटाउन भन्दै काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको छ ।

प्रधिकरणको काठमाडौ चक्रपथ सुधार योजनाले सडकको केन्द्र विन्दुबाट दायाँबायाँ दुवैतर्फ ३१ /३१ मिटरसम्मको सडक सीमामा रहेका संरचनाहरु हटाउनुपर्ने सूचनामा उल्लेख गरीएको छ ।

सडकको सीमाभित्र रहेका स्थायी वा अस्थायी घर, टहरा, घुम्ती, पसल तथा अन्य प्रकृतिका पसल हटाउन सबन्धित धनीहरुलाई प्राधिकरणले भनेको छ । योजनाले साईट क्लियरेन्सका लागी विदयुत प्राधिकरण, खानेपानी, ढल लगायतलाई पत्र समेत काटिसकेको छ ।

निधारित समयभित्र सडक किलियर नगरे सडक ऐन अन्तर्गत ‘राईट अफ वे’ अधिकारको प्रयोग गर्दै सडकमा रहेका संरचना भत्काईने र भत्काउँदा लाग्ने खर्च समेत सम्वन्धित संरचनाधनीवाट असुल गरिने प्रधिकरणले चेतावनी समेत दिएको छ ।

उक्त सडक खण्ड चिनले अनुदानमा बनाईदिने दुई–पक्षिय सम्झौता समेत भईसकेको छ । चिनियाँ पक्षले आयोजनाको प्रारम्भिक अध्ययन गरिसेकेको र अन्तिम प्रतिवेदन बुझाउनै बित्तिकै काम शुरु हुने भएकाले सडक तत्काल किलियर गराउन तातिनु परेको प्राधिकरणको भनाई छ ।

अयोजनाले काम सुरु गरेको तीन बर्षभित्र सडक निर्माण कार्य सक्ने लक्ष्य राखेको छ । सो सडक विस्तारका लागि ६ अर्व रुपैयाँ लाग्ने सक्ने प्रधिकरणले अनुमान गरेको छ ।

कलंकी–महाराजगंज सडक सीमा भित्र त्यहाँका स्थानीयले अस्थायी घर तथा पसलहरु निर्माण गरी गुजारा चलाउदै आएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ३ : ४३ बजे

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई

शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा संविधानविदहरुसँग पछिल्लो राजनीतिक संकटबारे

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले