कलंकी–महाराजगञ्जका सडक मिच्नेलाई १५ दिने अल्टिमेटम « Khabarhub

कलंकी–महाराजगञ्जका सडक मिच्नेलाई १५ दिने अल्टिमेटम


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं: कलंकी–महाराजगंज सडक सीमामा रहेका अस्थायी तथा स्थायी संरचना १५ दिनभित्र हटाउन भन्दै काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको छ ।

प्रधिकरणको काठमाडौ चक्रपथ सुधार योजनाले सडकको केन्द्र विन्दुबाट दायाँबायाँ दुवैतर्फ ३१ /३१ मिटरसम्मको सडक सीमामा रहेका संरचनाहरु हटाउनुपर्ने सूचनामा उल्लेख गरीएको छ ।

सडकको सीमाभित्र रहेका स्थायी वा अस्थायी घर, टहरा, घुम्ती, पसल तथा अन्य प्रकृतिका पसल हटाउन सबन्धित धनीहरुलाई प्राधिकरणले भनेको छ । योजनाले साईट क्लियरेन्सका लागी विदयुत प्राधिकरण, खानेपानी, ढल लगायतलाई पत्र समेत काटिसकेको छ ।

निधारित समयभित्र सडक किलियर नगरे सडक ऐन अन्तर्गत ‘राईट अफ वे’ अधिकारको प्रयोग गर्दै सडकमा रहेका संरचना भत्काईने र भत्काउँदा लाग्ने खर्च समेत सम्वन्धित संरचनाधनीवाट असुल गरिने प्रधिकरणले चेतावनी समेत दिएको छ ।

उक्त सडक खण्ड चिनले अनुदानमा बनाईदिने दुई–पक्षिय सम्झौता समेत भईसकेको छ । चिनियाँ पक्षले आयोजनाको प्रारम्भिक अध्ययन गरिसेकेको र अन्तिम प्रतिवेदन बुझाउनै बित्तिकै काम शुरु हुने भएकाले सडक तत्काल किलियर गराउन तातिनु परेको प्राधिकरणको भनाई छ ।

अयोजनाले काम सुरु गरेको तीन बर्षभित्र सडक निर्माण कार्य सक्ने लक्ष्य राखेको छ । सो सडक विस्तारका लागि ६ अर्व रुपैयाँ लाग्ने सक्ने प्रधिकरणले अनुमान गरेको छ ।

कलंकी–महाराजगंज सडक सीमा भित्र त्यहाँका स्थानीयले अस्थायी घर तथा पसलहरु निर्माण गरी गुजारा चलाउदै आएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ३ : ४३ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा