माओवादीबाट पोखराको मेयर र उपमेयरमा तीन–तीन जना सिफारिस | Khabarhub Khabarhub

माओवादीबाट पोखराको मेयर र उपमेयरमा तीन–तीन जना सिफारिस


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा माओवादी केन्द्रले पोखराको मेयर र उपमेयरको सिफारिस गरेको छ । वैशाख ३० गते हुने चुनावका लागि माओवादीले मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

मेयरका लागि यसअघि कांग्रेसलाई सघाएर उम्मेद्वारी फिर्ता लिएका विश्वप्रकाश लामिछाने, जिल्ला संयोजक बखानसिंह गुरुङ र महिलामा सीता खड्काको नाम सिफारिस गरिएको छ ।

यस्तै, उपमेयरका लागि यसअघि नै उपमेयरमा पराजित गोमा ढकाल, प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको महानगरका अध्यक्ष हरिनारायण गिरीले जानकारी दिए । त्रिपाठी अहिले अनेम संघ क्रान्तिकारीको केन्द्रीय सदस्य हुन् ।

‘गबठन्धनसँग छलफल भइरहको छ । यहाँ कसले टिकट पाउने टुंगो भएको छैन,’ इन्चार्ज दीपक कोइरालाले भने, ‘हामी एक्लै लड्नु परेपनि तयारी अवस्थामा रहेका हौं ।’ सत्तारुढ गठबन्धन कास्कीमा पनि हुने निर्णय यसअघि नै भैसकेको छ । तर गठबन्धन भित्र सहमति भने भएको छैन ।

पोखरामा एकीकृत समाजवादीले दाबी गरेको छ । तर कास्की कांग्रेसले एक विज्ञप्ति जारी गरेर एकीकृत समाजवादीसँग तालमेल गर्न नसक्ने जनाएको छ । काठमाडौंमा आज बसेको गठबन्धन दलहरुको बैठकमा पनि पोखरा महानगरबारे सहमति जुट्न सकेन ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ८ : ३२ बजे

तेस्रो युएसएड यात्रा कोहलपुरमा

बाँके – नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी

राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार : शङ्कर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले

अभिनयमा फर्किंदै तीन अभिनेत्री

काठमाडौं – केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः

बागलुङमा पहिलो पटक भेटियो कालाजार

बागलुङ – बागलुङमा पहिरोपटक कालाजारको संक्रमण पुष्टी भएको छ ।

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

गाजा – इजरायली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा सन् २०२३