निर्वाचन सार्न खोजिए कडा प्रतिवाद गर्ने एमालेको निर्णय « Khabarhub

निर्वाचन सार्न खोजिए कडा प्रतिवाद गर्ने एमालेको निर्णय


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले स्थानीय तहको निर्वाचन सार्न खोजिए प्रतिवाद गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ अध्यक्ष केपीशर्मा ओली निवास बालकोटमा बसेको पार्टीको सचिवालय बैठकले वैशाख ३० का लागि तोकिएको स्थानीय तह निर्वाचन सार्न खोजिए यसको कडा प्रतिवाद गर्ने निर्णय गरेको हो । साथै, तोकिएकै समयमा निर्वाचनका लागि सरकारको षड्यन्त्रलाई निस्तेज पार्दै जाने पनि निर्णय गरिएको छ ।

बैठकपछि प्रतिक्रिया दिँदै उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले चुनावको विषयमा अलमलमा नपर्न सबैसँग आग्रह गरे । उनले चुनावको तयारीमा जुट्न पार्टीका कमिटीहरूलाई निर्देशन दिइएको पनि जानकारी दिए ।

बैठकले चुनावी घोषणापत्र तयारी मस्यौदा समितिले पेश गरेको घोषणापत्र अनुमोदन गरेको छ ।

त्यसैगरी, स्थानीय तहमा सिफारिस भएकाहरूको नाम प्रतिनिधिसभा, राष्ट्रियसभाको समानुपातिक सूचीबाट हटाउन निर्वाचन आयोगलाई पत्र लेख्ने पनि निर्णय गरिएको छ ।

बैठकले पार्टीको केन्द्रीय कार्यालय वैशाख ९ गतेदेखि तुलसीलाल स्मृति भवनमा सार्नेसमेत निर्णय गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १० : २८ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन