युक्रेनी पक्षले रुसी गाउँमा गोलाबारी गरेको क्षेत्रीय गभर्नरको आरोप « Khabarhub

युक्रेनी पक्षले रुसी गाउँमा गोलाबारी गरेको क्षेत्रीय गभर्नरको आरोप


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी पक्षबाट भएको आक्रमणका क्रममा एक जना घाइते भएको रुसको बेलगोरोद क्षेत्रका गभर्नरले आरोप लगाएका छन् ।

युक्रेनी पक्षको गोलाबारीका क्रममा एक जना घाइते भएको बेलगोरोद क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले सामाजिक सञ्जाल टेलिग्राममार्फत जनाएका हुन् ।

बेलगोरोद क्षेत्रको ग्राइभोरोन्स्की जिल्लास्थित गोलोभचिन्को गाउँमा युक्रेनी पक्षबाट गोलाबारी भएको उनको भनाइ छ । गोलाबारीबाट क्षति पुगेको बताएपनि उनले यसबारे विस्तृत जानकारी नदिएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

‘युक्रेनी पक्षबाट ग्राइभोरोन्स्की जिल्लास्थित गोलोभचिन्को गाउँमा गोलाबारी भएको छ ।’ टेलिग्राममा उनले लेखेका छन्, ‘गोलाबारीबाट क्षति भएको छ । यसबारे विस्तृत सूचना म पछि दिनेछु ।’

केही समयअघि गभर्नर ग्लादकोभले युक्रेनी फौजले बेलगोरोद क्षेत्रमा रहेको तेल भण्डारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएका थिए । उक्त आक्रमणमा ८ जना घाइते भएको जनाइएको थियो ।

यद्यपि युक्रेनी पक्षले भने यस आक्रमणको जिम्मा लिन अस्वीकार गरेको बताइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १ : ०० बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै