भोजपुरी फिल्म ‘रण’ मा नेपाली निर्देशकसँगै प्राविधिक टिम « Khabarhub

भोजपुरी फिल्म ‘रण’ मा नेपाली निर्देशकसँगै प्राविधिक टिम


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- छिमेकी मुलुक भारतको क्षेत्रीय भाषाको भोजपुरी फिल्म इन्डस्ट्रीमा नेपाली कलाकारहरुको उपस्थिति बाक्लिँदै गएको छ । कुनै बेला अभिनेता निखिल उप्रेती र विराज भट्टले हैकम जमाएको भोजपुरी फिल्ममा धेरै नेपाली कलाकारदेखि प्राविधिकसम्मले काम गरिसकेका छन् । यस्तैमा पर्छन्, निर्देशक चन्द्र पन्त । भोजपुरी फिल्ममा द्वन्द्व निर्देशक रुपमा भित्रिएका चन्द्रले ‘निरहुवा चलल लन्डन’ मार्फत निर्देशनमा डेब्यु गरे ।

त्यसपछि उनको व्यस्तता भोजपुरी फिल्ममा बढेको छ । उनले निर्देशन गरेको पछिल्लो फिल्म ‘रण’ को ट्रेलर यतिबेला लोकप्रिय बनिरहेको छ । भोजपुरी फिल्ममै सर्वाधिक ५० लाख भन्दा बढी पटक ट्रेलर हेरिएको छ । ‘नेपालीले काम गर्न पाउँदा सक्छन् भन्ने उदाहरण हो यो । यसको छायांकन टिम, पोष्ट प्रोडक्सन टिम, कोरियोग्राफी टिम नेपाली नै हुन् । नेपाली टिमले गरेको कामले भोजपुरी फिल्मनगरी नै तातिएको छ’ निर्देशक पन्तले भने ।

फिल्ममा आनन्द ओझा, नरेन खड्का, काजल रागवानी, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुण कुमार मिश्र लगायतको अभिनय छ । फिल्मलाई नेपालका अर्जुन जिसीले सम्पादन गरेका हुन् भने साहिल खानले ट्रेलर काटेका हुन् ।

अरुण कुमार मिश्रले निर्माण गरेको फिल्मको गीतहरुमा भोजपुरीबाट कानु मुखर्जी र नेपालबाट गम्भीर विष्ट र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । यो फिल्मलाई नेपाली फिल्मका द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्ममा निर्देशक पन्तकै कथा र द्वन्द्व निर्देशन रहेको छ । उनले फिल्मको ट्रेलर मार्फत भोजपुरीलाई एक्सनमा नयाँ स्वाद पस्किएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १२ : ४७ बजे

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

गण्डकी – पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको

काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१