भोजपुरी फिल्म 'रण' मा नेपाली निर्देशकसँगै प्राविधिक टिम | Khabarhub Khabarhub

भोजपुरी फिल्म ‘रण’ मा नेपाली निर्देशकसँगै प्राविधिक टिम


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- छिमेकी मुलुक भारतको क्षेत्रीय भाषाको भोजपुरी फिल्म इन्डस्ट्रीमा नेपाली कलाकारहरुको उपस्थिति बाक्लिँदै गएको छ । कुनै बेला अभिनेता निखिल उप्रेती र विराज भट्टले हैकम जमाएको भोजपुरी फिल्ममा धेरै नेपाली कलाकारदेखि प्राविधिकसम्मले काम गरिसकेका छन् । यस्तैमा पर्छन्, निर्देशक चन्द्र पन्त । भोजपुरी फिल्ममा द्वन्द्व निर्देशक रुपमा भित्रिएका चन्द्रले ‘निरहुवा चलल लन्डन’ मार्फत निर्देशनमा डेब्यु गरे ।

त्यसपछि उनको व्यस्तता भोजपुरी फिल्ममा बढेको छ । उनले निर्देशन गरेको पछिल्लो फिल्म ‘रण’ को ट्रेलर यतिबेला लोकप्रिय बनिरहेको छ । भोजपुरी फिल्ममै सर्वाधिक ५० लाख भन्दा बढी पटक ट्रेलर हेरिएको छ । ‘नेपालीले काम गर्न पाउँदा सक्छन् भन्ने उदाहरण हो यो । यसको छायांकन टिम, पोष्ट प्रोडक्सन टिम, कोरियोग्राफी टिम नेपाली नै हुन् । नेपाली टिमले गरेको कामले भोजपुरी फिल्मनगरी नै तातिएको छ’ निर्देशक पन्तले भने ।

फिल्ममा आनन्द ओझा, नरेन खड्का, काजल रागवानी, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुण कुमार मिश्र लगायतको अभिनय छ । फिल्मलाई नेपालका अर्जुन जिसीले सम्पादन गरेका हुन् भने साहिल खानले ट्रेलर काटेका हुन् ।

अरुण कुमार मिश्रले निर्माण गरेको फिल्मको गीतहरुमा भोजपुरीबाट कानु मुखर्जी र नेपालबाट गम्भीर विष्ट र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । यो फिल्मलाई नेपाली फिल्मका द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्ममा निर्देशक पन्तकै कथा र द्वन्द्व निर्देशन रहेको छ । उनले फिल्मको ट्रेलर मार्फत भोजपुरीलाई एक्सनमा नयाँ स्वाद पस्किएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १२ : ४७ बजे

जनकपुरमा रेल र कार ठोक्किए

महेन्द्रनगर– जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता

कृषि विकास बैंकको नाफा बढ्यो

काठमाडौं– कृषि विकास बैंकले अघिल्लो आर्थिक वर्ष (आव) ०८०-८१ को

गाजा कब्जा योजनाविरुद्ध इजरायलमा व्यापक प्रदर्शन

एजेन्सी – गाजापट्टी कब्जा गर्ने इजरायली सरकारको योजनविरुद्ध जेरुसेलममा प्रदर्शन

काठमाडौं उपत्यकामा गाईजात्राको राैनक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा आज गाईजात्रा पर्व मनाइँदै