उत्तराखण्ड हेलिकप्टर दुर्घटना : छ जनाको मृत्यु « Khabarhub

उत्तराखण्ड हेलिकप्टर दुर्घटना : छ जनाको मृत्यु


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी पाइलटसहित सवार सबै छ जनाको मृत्यु भएको छ । धार्मिक स्थल बद्रीनाथबाट उडान भरेको निजी विमान कम्पनी ‘ट्रान्स भारत एभिएसन’को उक्त हेलिकप्टर बेपत्ता भएको करिब एक घण्टापछि दुर्घटनाको खबर प्राप्त भएको थियो ।

दिँउँसो २:२० बजेतिर दुर्घटना भएको खबर आउनासाथ सुरु गरिएको खोज तथा उद्धार कार्यका क्रममा पाइलटसहित सबै छ जनाको शव बरामद गरिएको अधिकारीहरूले बताएका छन्। दुर्घटनामा ज्यान गुमाउने पाँचै जना यात्रु भारतको कर्नाटक राज्यका बासिन्दा रहेका छन्।

मृतक यात्रुहरूको पहिचान प्रताप, अरुण, शङ्कर गौडा, सुधीर के. र एच.एस. नटराजका रूपमा भएको छ। तीमध्ये अरुण बेंगुलुरु प्रहरीको अपराध शाखामा प्रहरी निरीक्षकका रूपमा कार्यरत थिए भने अन्य यात्रुहरूका बारेमा थप विवरण आउन बाँकी छ। हेलिकप्टर उडााइरहेका पाइलट हिमांशु भने दिल्लीका बासिन्दा रहेको खुलेको छ।

उक्त क्षेत्रमा लगातार तीव्र वर्षा, बाक्लो बादल र केही स्थानमा हिमपात भइरहेको भए पनि दुर्घटनाको वास्तविक कारण भने अझै खुल्न सकेको छैन। उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रतीक जैनका अनुसार मौसम अनुकूल रहेको सुनिश्चित गरिएपछि मात्र हेलिकप्टरलाई उडानको अनुमति दिइएको थियो। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ६ : ५२ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा