निर्वाचन सुरक्षा योजना लागू गर्न सबै जिल्लालाई गृहको परिपत्र « Khabarhub

निर्वाचन सुरक्षा योजना लागू गर्न सबै जिल्लालाई गृहको परिपत्र


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय तहको चुनाव नजिकिएसँगै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा अवस्था चुस्त पार्न परिपत्र गरेको छ। मन्त्रालयले मंगलबार सबै जिल्लामा ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ अनुसारको सुरक्षा योजना लागु गर्न निर्देशन दिएको हो।

मन्त्रालयले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ १० चैतमा सबै जिल्लामा पठाएको थियो । उक्त सुरक्षा नीति कार्यान्वयन गर्नु गृहले पुनः पत्र पठाएको हो। गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार गृहले तयार पारेको चुनावी सुरक्षा योजना लागू गराउन सबै जिल्ला प्रशासनलाई अनुरोध गरिएको छ।

सुरक्षा गाइडलाइनअनुसार सुरक्षा चुस्त पार्न सम्बन्धित जिल्ला प्रशासनलाई परिपत्र गरिएको पोखरेलले बताए। उनले भने ‘चुनावी सुरक्षा योजना लागू गर्ने विषयमा ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेका छौं।’

चैत १० गते सरकारले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको थियो। सोही ‘गाइडलाइन’ अनुसारको सुरक्षा व्यवस्था लागू गर्न जिल्ला प्रशासन र प्रहरी प्रधान कार्यालयले सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिनेछ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ३ : ०४ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर