निर्वाचन सुरक्षा योजना लागू गर्न सबै जिल्लालाई गृहको परिपत्र « Khabarhub

निर्वाचन सुरक्षा योजना लागू गर्न सबै जिल्लालाई गृहको परिपत्र


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय तहको चुनाव नजिकिएसँगै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा अवस्था चुस्त पार्न परिपत्र गरेको छ। मन्त्रालयले मंगलबार सबै जिल्लामा ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ अनुसारको सुरक्षा योजना लागु गर्न निर्देशन दिएको हो।

मन्त्रालयले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ १० चैतमा सबै जिल्लामा पठाएको थियो । उक्त सुरक्षा नीति कार्यान्वयन गर्नु गृहले पुनः पत्र पठाएको हो। गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार गृहले तयार पारेको चुनावी सुरक्षा योजना लागू गराउन सबै जिल्ला प्रशासनलाई अनुरोध गरिएको छ।

सुरक्षा गाइडलाइनअनुसार सुरक्षा चुस्त पार्न सम्बन्धित जिल्ला प्रशासनलाई परिपत्र गरिएको पोखरेलले बताए। उनले भने ‘चुनावी सुरक्षा योजना लागू गर्ने विषयमा ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेका छौं।’

चैत १० गते सरकारले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको थियो। सोही ‘गाइडलाइन’ अनुसारको सुरक्षा व्यवस्था लागू गर्न जिल्ला प्रशासन र प्रहरी प्रधान कार्यालयले सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिनेछ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ३ : ०४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको