भारतबाट हुने सफ्टवेयरको निर्यात बढ्यो | Khabarhub Khabarhub

भारतबाट हुने सफ्टवेयरको निर्यात बढ्यो


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो वर्ष भारतबाट सफ्टवेयर र यससम्बन्धी सेवाको निर्यात बढेको छ । भारतबाट प्रकाशित हुने टेलिग्राफ इण्डियाले जनाएअनुसार वर्ष २०२१–२२ मा मात्रै भारतले अनुमानित ५० अर्ब भारु बराबरको सफ्टवेयर र यससम्बन्धी सेवा निर्यात गरेको हो ।

यसअघि सन् २०२०–२१ मा भारतले ४९ अर्ब ६० करोड तथा सन् २०१९–२० मा ४६ अर्ब ६० करोड भारु बराबरको सफ्टवेयर तथा सेवा निर्यात गरेको जनाइएको छ ।

यस्ता सामग्री निर्यातको भारतको सूचना मन्त्रालय अन्तर्गतको स्वतन्त्र निकाय ‘सफ्टवेयर टेक्नोलोजी पार्क अफ इण्डिया’ (एसटीपीआई) ले तथ्यांक राख्दै आएको छ ।

यस निकायका प्रमुख अरविन्द कुमारले जनाएअनुसार कोभिड महामारीले पनि भारतको निर्यातलाई प्रभावित बनाउन सकेको छैन ।

‘सूचना प्रविधिको क्षेत्रमा कोभिड महामारीबाट कुनै प्रभाव परेको छैन र हाम्रा उद्योगहरुले घरबाटै काम गर्ने नीतिलाई तत्काल अवलम्बन गरेका थिए’ उनलाई उद्धृत गर्दै टेलिग्राफ इण्डियाले जनाएको छ, ‘यो वर्ष एसटीपीआईका एकाइबाट ५० अर्ब भारुभन्दा धेरैको निर्यात हुने हाम्रो अपेक्षा छ ।’

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : ३८ बजे

मेस्सीले गरे इन्टर मियामीसँग तीन वर्ष लामो नयाँ सम्झौता, बार्सिलोनामा फर्किने सम्भावना सकियो

मियामी- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीसँग सन्

शंकर पोखरेलसँग फेसबुक जुहारीमा उत्रिए गृहमन्त्री अर्याल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र गृहमन्त्री ओमप्रकाश

गायिका नितु पौडेलको निधन

काठमाडौं- गायिका नितु पौडेलको निधन भएको छ । कीर्तिपुरस्थित बर्न

स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन

काठमाडौं– शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको

सहिदको रगत नबिर्स भन्दै सडकमा जेन-जी (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि