भारतबाट हुने सफ्टवेयरको निर्यात बढ्यो « Khabarhub

भारतबाट हुने सफ्टवेयरको निर्यात बढ्यो


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो वर्ष भारतबाट सफ्टवेयर र यससम्बन्धी सेवाको निर्यात बढेको छ । भारतबाट प्रकाशित हुने टेलिग्राफ इण्डियाले जनाएअनुसार वर्ष २०२१–२२ मा मात्रै भारतले अनुमानित ५० अर्ब भारु बराबरको सफ्टवेयर र यससम्बन्धी सेवा निर्यात गरेको हो ।

यसअघि सन् २०२०–२१ मा भारतले ४९ अर्ब ६० करोड तथा सन् २०१९–२० मा ४६ अर्ब ६० करोड भारु बराबरको सफ्टवेयर तथा सेवा निर्यात गरेको जनाइएको छ ।

यस्ता सामग्री निर्यातको भारतको सूचना मन्त्रालय अन्तर्गतको स्वतन्त्र निकाय ‘सफ्टवेयर टेक्नोलोजी पार्क अफ इण्डिया’ (एसटीपीआई) ले तथ्यांक राख्दै आएको छ ।

यस निकायका प्रमुख अरविन्द कुमारले जनाएअनुसार कोभिड महामारीले पनि भारतको निर्यातलाई प्रभावित बनाउन सकेको छैन ।

‘सूचना प्रविधिको क्षेत्रमा कोभिड महामारीबाट कुनै प्रभाव परेको छैन र हाम्रा उद्योगहरुले घरबाटै काम गर्ने नीतिलाई तत्काल अवलम्बन गरेका थिए’ उनलाई उद्धृत गर्दै टेलिग्राफ इण्डियाले जनाएको छ, ‘यो वर्ष एसटीपीआईका एकाइबाट ५० अर्ब भारुभन्दा धेरैको निर्यात हुने हाम्रो अपेक्षा छ ।’

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : ३८ बजे

सुनकोशी नदीमा हाम फालेर पराजुली दम्पती बेपत्ता, खोजी गर्दै प्रहरीसहित स्थानीय

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी

भारतीय प्रधानसेनापति धिरज सेठ नेपाल भ्रमणमा आउँदै

काठमाडौं– भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका

राष्ट्रियसभाको बैठक सुरु 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा