रुसद्वारा नयाँ अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण, दुश्मनलाई सोच्न बाध्य बनाउने पुटिनको टिप्पणी « Khabarhub

रुसद्वारा नयाँ अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण, दुश्मनलाई सोच्न बाध्य बनाउने पुटिनको टिप्पणी


८ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमाथिको आक्रमण जारी रहँदा रुसले आणविक हतियार बोक्न सक्ने अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । रुसको सुदूर उत्तर पश्चिममा रहेको प्लेसेत्स्क कस्मोड्रोमबाट प्रक्षेपण गरिएको ‘सर्माट’ नामक क्षेप्यास्त्रले ६ हजार किलोमिटर टाढा सुदूर पूर्वी रुसको कामचत्का प्रायद्वीपमा लक्षित निशानामा प्रहार गरेको जनाइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन सम्बोधनमार्फत क्षेप्यास्त्र परीक्षणको पुष्टि गरेका हुन् । उनले परीक्षण सफल भएकोमा रुसी सेनालाई बधाई समेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘म सर्माट अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेकोमा तपाईँहरूलाई बधाई दिन्छु ।’ टेलिभिजन सम्बोधनमा पुटिनले भने ।

‘यो निकै अद्वितीय हतियारले हाम्रो सैन्यबलको लड्ने क्षमतालाई वृद्धि गर्नेछ, बाहिरी खतराबाट रुसलाई विश्वसनीय सुरक्षा प्रदान गर्नेछ र आक्रामक बयानबाजीको उत्कर्षमा रहेका केहीलाई हाम्रो मुलुकविरुद्ध धम्की दिनुअघि सोच्न बाध्य बनाउनेछ ।’ उनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘यो नयाँ हतियारमा सबैभन्दा उच्च स्तरको सामरिक र प्राविधिक विशेषता छन् र सबै किसिमका क्षेप्यास्त्रभेदी प्रणालीलाई परास्त गर्न सक्षम छ ।’ पुटिनले भने ।

गत फेब्रुअरी २४ मा पुटिनले टेलिभिजन सम्बोधनमार्फत युक्रेनमाथि आक्रमणको घोषणा गरेका थिए । युक्रेनमाथि आक्रमण जारी रहेको प्रारम्भिक चरणमा पुटिनले आफ्नो मुलुकको आणविक बललाई तैनाथ रहन निर्देशन दिएका थिए ।

त्यसयता युक्रेनमा जारी आक्रमणको सन्दर्भमा आणविक हतियारको प्रयोग गर्नसक्ने चिन्तामाझ रुसले नयाँ अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो ।

यद्यपि समार्ट क्षेप्यास्त्र रुसी सेनामा प्रवेश गर्न अझै केही समय लाग्ने जनाइएको छ । अझ केही परीक्षण पछि यही वर्षको ‘शरद ऋतु’ मा रुसी सेनामा यो क्षेप्यास्त्र प्रवेश गर्ने रुसको रोस्कोस्मोस अन्तरिक्ष निकायका प्रमुख दिमित्री रोगोजिनलाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १ : २६ बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता