मानव बेचविखन मुद्धाका एक जना फरार प्रतिवादी पक्राउ « Khabarhub

मानव बेचविखन मुद्धाका एक जना फरार प्रतिवादी पक्राउ


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

पर्सा– मानव बेचविखन मुद्धाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–३ बस्ने पर्सा साविक ठोरी गाबिस–९ घर भएका ५७ वर्षीय विष्णु बहादुर थापा छन् । उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले २०४६ भदौ १८ गते दुई जना महिलालाई भारतको मुम्बईको कोठीमा लगी बिक्री गरेको प्रहरीले जनाएको छ ।

सोही घटनामा जिल्ला प्रहरी कार्यालय पर्साबाट जीउ मास्ने बेच्ने मुद्दा दर्ता भई अनुसन्धान तथा अभियोजन पश्चात पर्सा जिल्ला अदालतले २०६१ चैत १४ गते उनलाई १० वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उदयपुर कटारी नगरपालिका–३ मा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  २ : ४१ बजे

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य