एमालेबाट मेयर तथा उपमेयरको टुङ्गो शनिबार लाग्ने « Khabarhub

एमालेबाट मेयर तथा उपमेयरको टुङ्गो शनिबार लाग्ने


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरूको निर्णय शनिबार गर्ने भएको छ ।

पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा बिहीबार बसेको एमाले सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरूबारे छलफल भएको र यस विषयमा आगामी बैठकले टुङ्गो लगाउने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

उनले सातवटै प्रदेश कमिटीले गरेको सिफारिसका नाममा नै छलफल भएको बताए ।

गुरुङले भरतपुर महानगरबाट विजय सुवेदी, वीरगंजबाट विजय सरागवी र ललितपुरबाट हरिकृष्ण व्यञ्जनकारको नाम मात्र सिफारिस भएको जनाए ।

पोखराबाट १२ जनाको नाम आएको भन्दै उनले गण्डकी र लुम्बिनीमा प्रदेश सांसदलाई मेयर उपमेयरमा टिकट नदिइने पनि उनले बताए ।

गुरुङले शुक्रबार एमालेको कार्यालय तुलसीलाल स्मृति भवनमा उद्घाटन गरिने र घोषणापत्र पनि सार्वजनिक गर्ने जानकारी दिए ।

त्यस्तै शुक्रबार नै १७ जना कम्युनिष्ट नेताहरूलाई एमालेले सम्मान गर्ने जानकारी दिइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ४ : ४४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना