आईपीएल : चेन्नईको रोमाञ्चक जित, मुम्बईको सातौँ हार « Khabarhub

आईपीएल : चेन्नईको रोमाञ्चक जित, मुम्बईको सातौँ हार


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्समाथि चेन्नई सुपर किंग्सले तीन विकेटको रोमाञ्चक जित निकालेको छ ।

बिहीबार राति चेन्नईले दोस्रो जित निकाल्दा मुम्बईले भने सातौँ हार बेहोरेको छ ।

मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले अन्तिम बलमा भेट्टायो । पूर्वकप्तान महेन्द्रसिंह धोनीले १३ बलमा २८ रन बनाए  ।

आम्बाती रायडुले सर्वाधिक ४० तथा रोविन उथप्पाले ३० रनको योगदान गरे । मुम्बईमा ड्यानिल सामले सर्वाधिक ४  विकेट लिए ।

यसअघि मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । उसका तिलक वर्माले सर्वाधिक ५१ रन बनाए । सूर्यकुमार यादवले ३२ रन जोडे । चेन्नेईमा मुकेश चौधरीले सर्वाधिक ३ विकेट लिए ।

सातौँ खेलसम्म जित निकाल्न नसकेको मुम्बई तालिकाको पुछारमा छ । दोस्रो जित निकालेको चेन्नई नवौँ स्थानमा छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ६ : ५३ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच