अप्रत्याशित मूल्यवृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघको धर्ना « Khabarhub

अप्रत्याशित मूल्यवृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघको धर्ना


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्माण सामग्रीहरुमा अप्रत्याशित रुपमा मूल्यवृद्धि हुँदा पनि राज्य मौन रहेको भन्दै निर्माण व्यवसायीहरूले शुक्रबार सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएका छन् । 

निर्माण सामग्रीको अप्रत्याशित रुपमा मूल्यवृद्धि भएर निर्माणको काम अगाडि बढाउन नसकिएको अवस्थामा राज्य मौन रहेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघको अगुवामा निर्माण व्यवसायीहरूले खरिद अनुगमन कार्यालयमा धर्ना दिएका हुन् ।

महासंघका अध्यक्ष रवि सिंहले अहिले बजारमा भएको अप्रत्याशित मूल्यवृद्धिलाई सम्बोधन गर्न प्रधानमन्त्री लगायत सरोकारवाला सबैलाई जानकारी गराउन ध्यानाकर्षण गराउँदा पनि कुनै सम्बोधन नभएकाले विरोधमा उत्रन बाध्य भएको बताए। त्यस्तै बिमा निर्देशिकाले निर्माण व्यवसायीहरूको हित नगर्ने भएकाले पनि आफूहरूले बिमा समितिमा पनि धर्ना दिनु परेको उनले जानकारी दिए।

 

महासंघले आफूहरूको माग सम्बोधन नभएसम्म निरन्तर रुपमा विरोधका कार्यक्रमलाई जारी राख्ने जनाएको छ । 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : २२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस