मिलन श्रेष्ठको ‘आमा’ सार्वजनिक  « Khabarhub

मिलन श्रेष्ठको ‘आमा’ सार्वजनिक 


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतलाई निरन्तर रुपमा अगाडि बढाईरहेका गायक मिलन श्रेष्ठले मातातीर्थ औँशी अर्थात आमाको मुख हेर्न दिनलाई लक्षित गर्दै ‘आमा’ बोलको गीत सार्वजनिक गरेका छन् । 

राजनराज शिवाकोटी शब्दसँगै संगीत रहेको गीतलाई सञ्जीव बराईलीले एरेन्ज गरेका हुन् । गीतमा आमा र छोरा बीचको सम्बन्धलाई देखाइएको छ । 

युवराज वाइबाको निर्देशनमा तयार भिडियोमा स्वयम् गायक मिलनसँग अभिनेत्री रश्मी भट्ट फिचर्ड छिन् । 

निशाल पौडेलको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । गायक मिलनले यसअघि ‘मायालाई चिनो’, ‘भावनामा’, ‘तिरिरी तिरिरी’, ‘तिमी बिना’, ‘फर्किन चाहान्छु’ लगायत दर्जन गीत मार्फत दर्शकको मनमा आफ्नो स्थान बनाइसकेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १ : ४४ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको