मालवाहक सवारी साधनमा रोक लगाउने निर्णयप्रति चेम्बरको आपत्ति « Khabarhub

मालवाहक सवारी साधनमा रोक लगाउने निर्णयप्रति चेम्बरको आपत्ति


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले दिउँसोको समयमा मालवाहक सवारी साधन गुड्न रोक लगाइएकोमा आपत्ति जनाएको छ ।

मालबाहक सवारी साधनमा रोक लगाइँदा औद्योगिक उत्पादनलगायत खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीकोे राजधानीभित्र हुने आपूर्ति व्यवस्थामा असर पुग्ने भन्दै चेम्बरले आपत्ति जनाएको छ ।

यस विषयमा चेम्बरको टोलीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठको ध्यानकर्षण समेत गराएको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सवारी आवागमन सञ्चालनमा सहज तुल्याउन सडक निर्माण तथा प्रविधिमा सुधारजस्ता वैकल्पिक व्यवस्था गर्न सुझाव दिए ।

ट्राफिक व्यवस्थापनमा सहज गर्ने भन्दै मन्त्रालयले सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग हुनेबाहेक अन्य समयमा मालबहाक ढुवानीका साधन सञ्चालनमा असार १ देखि रोक लगाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ९ : १७ बजे

काठमाडौँ १ बाट रास्वपाकी रञ्जुको विजयी घोषणा तयारी : आठ हजार ७५७ मतको अग्रता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा)ले काठमाडौँ १ बाट विजयी

काठमाडौँ–५, ९ र १० मा रास्वपा अघि

काठमाडौं– पछिल्लो मतपरिणामअनुसार काठमाडौँ क्षेत्र नं ५, ९ र १०

कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला 

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको

मोरङ- ३ मा श्रम संस्कृति अगाडि

बेलबारी– जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो  परिणामअनुसार मोरङ ३

५६ ठाउँमा मतगणना हुँदा ४४ क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजा