२९ लाख युक्रेनी शरणार्थी पोल्याण्डमा « Khabarhub

२९ लाख युक्रेनी शरणार्थी पोल्याण्डमा


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमा जारी रुसी आक्रमणका कारण २९ लाख युक्रेनी देश छाडेर छिमेकी मुलुक पोल्याण्ड पुगेका छन् ।

पोल्याण्डको सीमा रक्षा बललाई उद्धृत गर्दै पोल्स्कीरेडियोले २४ फेब्रुअरी यता जारी रुसी हमलाका कारण हालसम्म २९ लाख युक्रेनी पोल्याण्ड पुगेको जनाएको हो ।

यद्यपि पछिल्ला दिनमा भने सीमा पार गरेर पोल्याण्ड पार गर्नेको संख्या भने ह्वात्तै झरेको छ भने पोल्याण्डबाट युक्रेन फर्किनेको संख्या बढेको बताइएको छ । 

शुक्रबार पोल्याण्डबाट करिब २४ हजार युक्रेनी स्वदेश फर्किएका थिए भने १७ हजार ७ सय युक्रेनीले पोल्याण्डमा शरण लिएका छन् ।

युद्ध भएपछि पोल्याण्डबाट ८ लाख २५ हजार युक्रेनी युक्रेन पसेका छन् । 

शरणार्थी संकटले उच्च स्वरूप लिएका बेला ६ मार्चमा १ लाख ४२ हजार ३ सय युक्रेनी पोल्याण्ड भागेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ५ : ५८ बजे

देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा नजाने

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर मात्रै

टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित

चौतारा– यहाँको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाँडाका किसान टिप्ने बेलाको सुन्तला

अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा

एजेन्सी– उत्तरी सिरियाली सहर अलेप्पोमा सरकारी सेना र कुर्दिश लडाकूहरूबीच

सर्लाहीमा महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ता भन्दै नक्कली पत्र सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा गरेको हस्ताक्षर फिर्ता गरेको

महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने

जलेश्वर– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीमा तीन हजार ९१२ निर्वाचन