काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह बालेनकी पत्नी सबिना काफ्लेले आज आइतबार कुकुर तिहारको अवसरमा काठमाडौंको नक्सालस्थित नारायणचौरमा कुकुर तिहार विशेष कार्यक्रम आयोजना गरेकी छन् ।
नेपाली परम्परामा कुकुरको निष्ठा, साथ र साहसको सम्मान गर्दै मनाइने कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा मन्त्रीहरू, विदेशी कूटनीतिज्ञ, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सहभागीहरूले कुकुरलाई टीका तथा माला लगाएर पूजा गर्दै कुकुरप्रतिको माया, सम्मान र संरक्षणको सन्देश दिएका थिए।
तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी



























प्रतिक्रिया