कोपा डेल रेको उपाधि रियल बेटिसलाई | Khabarhub Khabarhub

कोपा डेल रेको उपाधि रियल बेटिसलाई


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भ्यालेन्सियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै रियल बेटिसले ‘स्पेनिस कोपा डेल रे’को उपाधि जितेको छ ।

शनिबार राति निर्धारित ९० मिनेट र अतिरिक्त समय समेत १-१ गोलको बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको हो ।

पेनाल्टीमा रियल बेटिस भाग्यशाली रह्यो । सन् २००५ यता रियल बेटिसले पहिलो उपाधि जितेको हो । रियल बेटिसको क्लब इतिहासमा यो चौथो पटक ठूलो उपाधि जितेको हो।

हालसम्म उसले एक ला लिगा उपाधि र दुई स्पेनिस कपको उपाधि जितेको छ । म्यानेजर म्यानुएल पेलेग्रीनीले सन् २०१५-१६ मा इंग्लिस क्लब म्यानचेस्टर सिटी छाडेयता पहिलो ट्रफी उचालेका हुन् ।

सन् २०१० यता बार्सिलोना र रियल मड्रिडविहीन कोपा डेल रे फाइनल दोस्रो पटक खेलिएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : १२ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते