एमालले टुंग्यायो झापाका १५ पालिकामै उम्मेदवार « Khabarhub

एमालले टुंग्यायो झापाका १५ पालिकामै उम्मेदवार


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – नेकपा (एमाले) झापाले १५ वटै पालिकाका आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख उपप्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । तीमध्ये सो पार्टीले दमक , विर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।

दमकको प्रमुखमा गीता अधिकारी र उपप्रमुखमा अम्बिका खनाल ,विर्तामोडको प्रमुखमा पवित्रा महतरालाई प्रमुख र नगेन्द्र सङ्ग्रौलालाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका जिल्ला कमिटी सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार बुद्धशान्तिमा अध्यक्ष मीरा भुर्तेल र उपाध्यक्षमा धरणी पोखरेल रहेका छन्। तीनै पालिकामा प्रमुख पदमा उम्मेदवार पाएका महिलाले यसअघि उपप्रमुखमा रहेर कुशलतापूर्वक जिम्मेवारी बहन गरिसकेका छन्।

यसैगरी भद्रपुर नगरपालिकको प्रमुखमा असारु राजवंशी, उपप्रमुखमा कौशिला अधिकारी, कनकाई नगरपालिकाका प्रमुख, राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु प्रसाईँ, गौरादह नगरपालिका प्रमुखमा छत्रपति सुवेदी, उपप्रमुखमा जलबर्शा राजवंशी, शिवसताक्षी नगरपालिका प्रमुखमा रोशन थ्रोपा, उपप्रमुखमा नरमाया कार्की, अर्जुनधारा नगरपालिका प्रमुखमा बलदेव गम्देन, उपप्रमुखमा खड्गमाया पराजुली र मेचीनगर नगरपालिका प्रमुखमा गोपाल बुढाथोकी र उपप्रमुख मीना उप्रेतीलाई उम्मेदवार बनाइएको छ ।

हल्दिबारी गाउँपालिकामा अध्यक्षमा डम्बर डिरी, उपाध्यक्षमा शान्ता गौतम, कचनकवल गाउँपालिकामा नेपाली कांग्रेससँगको गठबन्धमा उपाध्यक्षमा नवराज भट्टराई, कमल गाउँपालिकाको अध्यक्षमा भीम राई उपाध्यक्षमा उषा भण्डारी, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा विजय अग्रवाल उपाध्यक्षमा पुनम न्यौपाने, झापा गाउँपालिकाको अध्यक्षमा गौरीशङ्कर राजवंशी, उपाध्यक्षमा देवीमाया निरौला र बाह्रदशी गाउँपालिकाको अध्यक्षमा देवेन्द्र चौलागाईँ, उपाध्यक्षमा शान्ता न्यौपानेलाई उम्मेदवार बनाएको छ । अधिकांश पालिकाका उम्मेदवारले आजै निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १० : ५३ बजे

क्यानडामा पहिलो हान्ताभाइरस सङ्क्रमण पुष्टि, क्रुज जहाजमा तीन जनाको मृत्यु

ओटावा- क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (पीएचएसी) ले हान्ताभाइरसको पहिलो पुष्टि

नेपाल डब्लूएचओको उपाध्यक्षमा निर्वाचित 

काठमाडौं– नेपाल विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को उपाध्यक्षमा निर्वाचित भएको

संसद्‍मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

काठमाडौं– आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर

इशान र रोहितले अर्धशतक बनाउँदा स्कटल्यान्डविरुद्ध नेपालको सहज जित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको त्रिदेशीय प्रतिस्पर्धाअन्तर्गत

व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था मिलाउन हर्कको आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले