विदेशी फिल्म नियन्त्रण गर्ने तयारीमा मन्त्रालय  « Khabarhub

विदेशी फिल्म नियन्त्रण गर्ने तयारीमा मन्त्रालय 


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही दिन अगाडि मात्र फिल्मकर्मीहरूले गृह मन्त्री बालकृष्ण खाँणसँग भेटघाट गर्दा विदेशी फिल्मको चेपुवामा स्वदेशी फिल्म परेको बताएका थिए । २०७१ मै ड्राफ्ट गरिएको राष्ट्रिय चलचित्र नीति तत्काल कार्यन्वयनमा ल्याउन र नेपाली फिल्मको अस्तित्व जोगाउन पहल गरिदिन आग्रह गरेका थिए । यही आवाज केही समय यता फिल्मकर्मीले उठाउने गरेका छन् ।

विदेशी फिल्मले स्वदेशी फिल्म उद्योग ध्वस्त बनाउन लागेको टिप्पणी सर्वत्र चुलिएपछि चलचित्र विकास बोर्डले पछिल्लो बैठकमा डब गरिएका फिल्म प्रदर्शनमा रोक लगाउन , विना सेन्सर बुकिङ नगर्न लगायतका निर्णय गर्दै मातहतको मन्त्रालय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई पत्राचार समेत गरेको थियो । विभिन्न क्षेत्रबाट आवाज उठ्न थालेपछि यसलाई आउँदो बजेटमा नै सम्बोधन गर्ने तयारी मन्त्रालयले गरिरहेको छ ।

मन्त्रालयका प्रवक्ता विनोद प्रकाश सिंहले चलचित्र विकास बोर्डसँगै चलचित्रकर्मीले उठाई रहेको विषयमा मन्त्रालयले सम्बोधन गर्ने तयारी गरिरहेको जानकारी दिए । सञ्चार मन्त्रालयले विकास बोर्डका मागसँगै स्वतन्त्र फिल्मकर्मीको पनि गुनासोलाई मध्यनजर गर्दै प्रतिक्रियामा नयाँ नीति तर्जुमा गर्न लागेको हो । यसका लागि मन्त्रालयले करको दायरामा पुनर्विचार गर्नेदेखि अन्य विकल्पमा पनि छलफल चलिरहेको प्रवक्ता सिंहले बताए ।

विदेशी फिल्मको अतिक्रमणले स्वदेशी फिल्म उद्योगसँगै भाषा संस्कृतिमा पनि अतिक्रमण गरिरहेको आवाज उठेपछि मन्त्रालयले सम्बोधन गर्न लागेको हो ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १ : ३० बजे

राष्ट्रिय सेवा दललाई नयाँ मोडालिटीमा लैजान कानुन बन्दै : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल

निर्वाचन आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र

‘घाइते जेन-जी नेपाल’को कार्यालय उद्घाटन (तस्बिरहरू)

काठमाडौं– बबरमहलमा ‘घाइते जेन–जी नेपाल’को कार्यालय उद्घाटन गरिएको छ ।