अमेरिकाका विदेशमन्त्री र रक्षामन्त्रीले युक्रेनको भ्रमण गर्ने « Khabarhub

अमेरिकाका विदेशमन्त्री र रक्षामन्त्रीले युक्रेनको भ्रमण गर्ने


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता पहिलो पटक अमेरिकी विदेश मन्त्री तथा रक्षा मन्त्रीले राजधानी किभको भ्रमण गर्ने भएका छन् ।

किभको भूमिगत रेल स्टेशनमा आयोजित पत्रकार सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तथा रक्षामन्त्री लोइड अष्टिनले किभ भ्रमण गर्न लागेको जानकारी दिएका हुन् ।

यसबारे अमेरिकी प्रशासन ह्वाइट हाउसले कुनै टिप्पणी नगरिसकेको बीबीसीले जनाएको छ ।

जेलेन्स्कीका अनुसार रुसी आक्रमणको प्रतिकार गर्न युक्रेनलाई आवश्यक हतियारको आपूर्तिबारे अमेरिकी मन्त्रीहरुसँग युक्रेनी पक्षले छलफल गर्नेछ ।

पत्रकार सम्मेलनमा जेलेन्स्कीले अर्कोपटक अमेरिकी राष्ट्रपति जो बाइडेनले किभको भ्रमण गर्ने अपेक्षा गरेको बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  २ : ३९ बजे

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको