विराटनगरको मेयरमा गौतमको उम्मेदवारी     « Khabarhub

विराटनगरको मेयरमा गौतमको उम्मेदवारी    


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेस (बीपी) बाट रामचन्द्र गौतमले उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको उम्मेदवार मनोनयन दर्ता सोमबारसम्म चल्नेछ । विराटनगर–३ का गौतमले सोमवार उम्मेदवार मनोनयन दर्ता गर्ने जानकारी दिए ।

उपमेयरसहित वडाका लागि आइतबार नै उम्मेदवारको नाम टुंग्याएर सोमबार दर्ता गर्ने तयारी गरेको नेता गौतमले बताए ।

राजनीतिक शास्त्रमा अध्ययन गरेका ६७ वर्षीय गौतम नेपाल प्रजातान्त्रिक महासंघ मोरङका अध्यक्षसमेत हुन् । उनी जिल्ला सहकारी संघ मोरङका सल्लाहकार र राष्ट्रिय सहकारी बैंक विराटनगरका सल्लाहकार समेत हुन् ।

विराटनगर महानगरपालिकाको विकास र समृद्धिमा आफ्नो जीवन समर्पित गरेको दाबी गर्ने गौतमले आधुनिकशैली महानगरको विकास गर्ने उद्घोषसहित उम्मेदवारी दिएको बताए ।

बीपी कोइरालाको विचार र सिद्धान्त अहिले पनि सान्दर्भिक रहेकाल बीपीको विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्ने गौतमले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ४ : ४५ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले